नेपालमा दौड संस्कृतिका लागि सहकार्य


एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने भएको छ । अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा दुरीका धावक तयार गर्ने उद्देश्य यस कार्यक्रम रहेकोछ । १२ जुलाईदेखि १२ वर्षमुनिका खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । लामो दुरीको दौडमा नेपालको प्रदर्शन मजबुद रहेकाले यसलाई प्रवद्र्धन गर्ने एनआरएस स्पोर्टसले जनाएको छ ।
व्यवस्थित प्रशिक्षण र सहयोगले नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । ‘स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन सक्ने हो भने नेपालले माथिल्लो दर्जाका धावक उत्पादन गर्न सक्छ र तिनले विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्न सक्छन् ।’ श्रेष्ठले भने ।
प्रशिक्षण कार्यक्रम काठमाडौ उपत्यकानजिकका सहरमा आयोजना हुनेछ । ती सहरमा काठमाडौंसँगै पाटन, भक्तपुर, थिमि, कीर्तिपुर, हेटौंडा, बुटवल र पोखरा रहेका छन् । भविष्यमा यो क्षेत्रलाई अझ विस्तार गरिने श्रेष्ठले बताए ।

‘यो कार्यक्रम सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौं र नेपालमा दौड संस्कृतिलाई प्रवद्धर्न गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी छौं,’ उनले भने, ‘प्रशिक्षण कार्यक्रम अनभुवी प्रशिक्षकहरूबाट सञ्चालन गरिनेछ ।’ यी प्रशिक्षकसँग दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउ’bout पर्याप्त ज्ञान रहेको हुनेछ । प्रशिक्षार्थीलाई आफ्नो शीप तिखार्न, स्टामिना बढाउन र समग्रमै प्रदर्शन उच्च पार्न मदत मिल्नेछ ।
सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवद्धर्न गर्न इनड्राइभले तीन सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मदत गर्ने सम्झौतामा उल्लेख छ । निलेन्द्रराज श्रेष्ठले नेपालमा पहिलो पटक काठमाडौं म्याराथनको आयोजना गरेका थिए । त्यो निरन्तर संचालन भैरहेको छ । काठमाडौं म्याराथनपछि नेपालका विभिन्न शहरका नाममा म्याराथन हुन थालेको छ । अब सन् २०२३ को अक्टोबरमा काठमाडौं म्याराथन आयोजना हुदै छ । एनआरएस स्पोर्टस फाउन्डेसनले खेलकुदको इभेन्ट व्यवस्थापन गर्दै आएको छ ।
इन ड्राइभ ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म हो । यसको मुख्यालय अमेरिका क्यालिफोर्नियाको माउन्ट भ्युमा रहेको छ । यसको अहिलेसम्म १७ करोड ५० लाख पल्ट डाउनलोड भइसकेको छ । यसरी इन ड्राइभ विश्वकै सबैभन्दा बढी डाउनलोड हुने दोस्रो मोबिलिटी एप्लिकेसन हो । यसले राइड हलिङ बाहेक अर्बन सर्भिसका अन्य सेवा पनि प्रदान गर्छ । यसमा इन्टर सिटी ट्रान्सपोर्टेसन, फ्राइट डेलिभरी, टास्क एसिसटेन्स, कुरियर डेलिभरी र इम्प्लोयमेन्ट सर्च रहेका छन् ।
इन ड्राइभ ४७ देशका ६५५ सहरमा कार्यरत रहेको छ । यसले स्थानीय समुदायको उत्थानमा सहयोग गर्छ र यसका लागि पिएर टु पिएर पेयमेन्ट मोडल र कम्युनिटी इनपावरमेन्ट कार्यक्रम सञ्चालन गर्छ । यसले गहन खेलकुद शिक्षा, खेलकुद, कला, विज्ञानसँगै लैगिक समानताका कार्यक्रमसमेत गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध