अबको प्रधानमन्त्री म वा मेरो पुस्ताको : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पदमा ‘भुतपूर्वहरूको क्लब’को एकाधिकार तोडिनुपर्ने उद्घोष गरेका छन् ।

शनिबार उपत्यकामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो उद्घोष गरेका हुन् ।महामन्त्री थापाले भने, ‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ ’cause यो पार्टीबाट को बन्दै छ भन्ने कुरा पहिल्यै थाहा छ, यो नभए यो भूतपूर्व प्रधानमन्त्री अबको प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन कि नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ, ’cause प्रधानमन्त्री बन्ने कुरा भूतपूर्व क्लबकै हुनेजस्तो भयो ।’

गगन थापाले नेपालमा स्थापित यो प्रचलनका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार ठह¥याउँदै भने, ‘नेपालका राजनीतिक पार्टीहरू यस्ता भए ।’ उनका अनुसार यो प्रवृत्तिलाई बदल्नु जरूरी छ । उनी अगाडि भन्छन्, ‘नेकपा एमालेले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो ।’

आफ्नो दल नेपाली कांग्रेसका ’boutमा स्पष्ट पार्दै उनले आफूहरू कांग्रेसमा भएकाले यसलाई बदल्ने प्रयास गर्नैपर्ने दाबी गरे । उनले भने, ‘बदल्ने कुरा गर्ने कोसिस गरेको हो, म त क्लियर छु, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु, म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो, मैले सबै साथीको मन चित्त त बुझाउन सकिनँ तर म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनुहुँदैन ।’ उनले फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा आफू लाग्ने बताए । ‘सके बदल्छु र आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु,’ उनले भने, ‘त्यो बदलिनपर्छ, बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ ।’

महामन्त्री थापाले अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको भएको ठोकुवा गरे ।
राजनीतिक दलहरू र त्यसमा पनि सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी २०८४ को निर्वाचनमा मुख्य शक्ति बन्ने उद्घोष र आकांक्षातर्फ संकेत गर्दै महामन्त्री थापाले भने, ‘कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को सुरु गर्न जरुरी छ ।’
उनका अनुसार यसबीचमा देश सम्हाल्ने जिम्मेवारी कांग्रेसको हो । महामन्त्री थापाका भनाइलाई थोरै केलाउने हो भने उनी मुलुकमा कायम वर्तमान नेतृत्व पंक्ति विस्थापित हुनुपर्छ भन्ने संदेश स्पष्ट शब्दमा दिन चाहन्छन् । आफ्नो दल नेपाली कांग्रेस मात्र नभइ मुलुकका वर्तमान अन्य राजनीतिक दलका नयाँ पुस्तालाई पनि उनी त्यसतर्फ उद्यत हुन आह्वान गर्दै छन् । साथै, पुस्तान्तरणका लागि धेरै समय सुविधा नभएको तर्फ औल्याउँदै छन् ।

नेपाली कांग्रेसभित्र त विकल्पका रूपमा नयाँ पुस्ताको प्रतिनिधित्व आफूले गर्ने उनको परोक्ष दाबी छ । सम्भवतः उनको यो दाबीमा दम पनि छ । तर, कांग्रेस पार्टी विभाजनको नेतृत्व उनले गर्छन् भन्ने आँकलन र विश्लेषणमाथि पनि ‘दलभित्रै’ भन्दै पूर्णविराम लगाइदिएका छन् ।
नेपाली कांग्रेसभित्रको वर्तमान गणितीय यथार्थलाई हेर्दा र वर्तमान सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा र उनका निकटस्थ मानिएकाहरूको प्रवृत्तिलाई हेर्दा गगन थापाको महत्वाकांक्षा कतिको फलिभूत होला त भन्ने आँकलन गर्न गाह्रो छ । सायद कांग्रेसको निर्णायक मण्डलीमा पुरानो पुस्ता नै हावी छ । तर, सक्रिय कार्यकर्ताको तहमा वा दोस्रो श्रेणीको नेतृत्व तहमा पुस्तान्तरणको माग बढ्दै मात्र होइन, बाहुल्यता भइसकेको कांग्रेसलाई नजिकबाट नियालिरहेकाहरूको मत छ । आमनेपाली जनता र मतदातामा त कांग्रेसमा मात्र होइन अपितु स्थापित पुराना राजनीतिक दलका वृद्ध नेतृत्वप्रति व्यक्त वा अव्यक्त वितृष्णा नै भएको आँकलन छ । गगन थापाका यी भनाइसँग केही दिनअघि नेकपा एमालेका महासचिव शंकर पोखरेलको ‘नेताहरूको टाउको जोडेर’ मात्र नहुने र ‘युवाहरूबीच एकता’ हुनुपर्ने भन्ने मन्तव्यलाई समेत जोडेर हेर्दा अर्थपूर्ण हुनसक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते