आजपा निकट आम बुद्धिजीवी मोर्चाको केन्द्रीय कमिटी विस्तार

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम बुद्धिजीवी मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ । नविन महतोको संयोजकतत्वमा ६७ सदस्यीय केन्द्रीय कमिटी बिस्तार गरिएको छ । बुधबार मोर्चाको बसेको बैठकले ईन्चार्जमा उदय चन्द्र प्रसाद सह इन्चार्ज शिवचन्द्र साह, सह संयोजक अनु महासेठ, डा. दामोदर त्रिपाठी, डा. शम्भु दास, सहमुघिन अंसारी रहेका छन् ।

सदस्यमा प्रा. डा. मदन कुशवाहा, प्रा.रामविनय पाण्डे, डा. पप्पु जयसवाल , गजेन्द्र सिंह, ललन महतो, हरीकिशोर साह, राजेन्द्र साह रहेका छन् । यसैगरी रञ्जित पञ्जियार, मुकुन्द महतो, कल्याणी साह, रुदनारायण झा, महेश यादव, हुसेनी हवारी, प्रदीप दास, दिलीप राय यादव लगायतका रहेको संयोजक नविन महतोले जनाएका छन् ।

आजपाको बसेको पदाधिकारी बैठकले पार्टी निकटका बिभिन्न भातृसंगठन एवं जनवर्गिय संगठनहरुलाई गठन गरेर पुर्णता दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजपा निकटका संगठनहरुलाई पूर्णता दिने काम भईरहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार