उपप्रमुख मीरालाई हिरासतमा राख्न चौथो पटक म्याद थपियो

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

दुबै पक्षको जिकिरपछि सोमबार सप्तरी जिल्ला अदालतबाट यस्तो अनुमति प्रदान गरिएको हो । योसँगै नागरिकता कसुर सम्बन्धी मुद्दामा उपप्रमुख मीरालाई थप अनुसन्धान गर्न चौथो पटक ७ दिनको म्याद थपिएको हो ।

यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख मीरालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।

नेपाल र भारतका गरि दुई देशको नागरिकता लिएको आरोपमा उनी बिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । असार १९ गते पक्राउ पूर्जी जारि भएपछि उनी त्यसको भोलीपल्टै बजार क्षेत्रमा शक्ति प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्र अझै फरार छन् । उनको खोजी कार्य जारि रहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमारी कार्कीले जानकारी दिए ।

उपप्रमुख मीरा र उनका पति महेन्द्र बिरुद्ध भारत बिहारस्थित मझारी ग्रामपञ्चायतको बासिन्दा रहेको दाबी गर्दै २०७९ साल साउन ७ गते उजुरी परेको थियो । उनीहरुमाथी झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित