सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । 

बिहीबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दाहाललाई बोल्न समय दिए । त्यसपछि दाहालले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् । 

गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको भनाइ छ । 

तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन गरेको भए गृहमन्त्रीको संलग्नता’bout आशंका गर्नु नपर्ने थियो भन्दै दाहालले यसर्थ यस प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ । 

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने