सर्लाही । तराई मधेश सुगम क्षेत्र भए पनि यतिबेला पहाडको बिकट ठाउँ सरह नै भएको छ । सर्लाहीसहित मधेश प्रदेशको विभिन्न जिल्लाको अवस्था यतिबेला जरजर भएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाको अवस्था जरजर हुनुमा अहिले मुख्य कारण भने पानी रहेको छ । सर्लाहीसहित मधेशका अन्य जिल्लामा यतिबेला पानीको हाहाकार भएको छ ।
सर्लाहीको विभिन्न ठाउँको पालिकाहरुमा पानीको स्रोत सुकेपछी यतिबेला शुद्ध पिउने पानीको हाहाकार भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, मलंगवा नगरपालिका लगायत अन्य विभिन्न पालिकामा चापाकलमा पानी आउन छाडेपछी स्थानियहरुलाई सुद्ध पानी पिउन धौधौ परेको छ ।
यसैक्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगरवासीमा पानीको समस्या न्युनिकरण गर्न शुद्ध खानेपानी दिनहु वितरण गर्न सुरु गर्नुभएको छ । चन्द्रनगरमा पानीकै कारण खाना पकाउन, नुहाउन तथा पानी पिउन समस्या आएपछि गाउँपालिका अध्यक्ष महतोले बिहिबार बाट स्थानियहरुको घरघरमै पानी पु-याउन थालेका छन् ।
गाउँपालिका अध्यक्ष महतोले विशेष पहल गरी गाउँपालिका बाट पानी टैंकर किनि चन्द्रनगर पानी टैंकर संचालनमा ल्याउनु भएको छ । बिगत तिन महिना देखि पानीको मुख्य स्रोत चापाकल सुकेपछी पानीको समस्या टार्न बिहिबार बाट पानी बितरण सुरु भएको छ । पानी लिन स्थानियहरु लाम बसेर पानी लिई फर्कने गरेको थियो । सर्लाहीको विभिन्न ठाउँमा पानीको हाहाकार भएपनि सर्लाहीको पालिकाहरु मध्ये पहिलो पटक चन्द्रनगरमा गाउँपालिका बाट पानी वितरण हुन थालेपछी स्थानियहरु ह्र्षित भएका छन ।
चन्द्रनगर वडा नं. १ का स्थानिय ईद महम्द मंसुरले पानीको ठुलो समस्या छ, दुई सय घरधुरी भएको चापाकल मध्ये जम्मा ४ वटा चापाकलमा मात्र पानी आउने गरेको जानकारी दिए । प्राकृतिक बिपतीको समयमा चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले आफुहरुको बस्तीमा पानी दिएर ठुलो गुण लगाएको स्थानिय मंसुरले भने ।
अर्की स्थानीय मरलहीया खातुनले आफ्नो चापाकल बिगत ६ महिनादेखि सुकेको र पछी गाउँभरिकै चापाकल सुकेपछी पानी पिउन निकै समस्या भैरहेको समयमा अचानक गाउँमै पानी आएपछि आफुहरु निकै नै खुसी भएको बताए ।
यसैगरी वडा नं. १ फरिदटोल बस्ने स्थानिय गफुर मियाले पुरै बस्तीमै पानीको समस्या छ, जसोतसो प्राण बाचाइरहेका छौ, बस्तुहरुलाई पानी पियाउन टाढा सम्मको पोखरीमा पुग्नु पर्ने अवस्था आएको भन्नुभयो । उहाँले मेरो जिवनभरीमै पहिलो पटक यस्तो पानीको बिक्राल समस्या देखेको बताए ।कसरी पानीको मुहानहरु सुकिरहेका छन हामीलार्ई अतोपतो नभएको, यो ईश्वरको लिला हो जस्तो लाग्छ स्थानिय गफुरले भन्नुभयो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले तराई मधेश सुगम तथा अन्नको भण्डार भएको ठाउँमा पानीको हाहाकार भएको छ । लगभग चन्द्रनगरमा ९० प्रतिशत चापाकल सुकिसकेको अवस्थामा चन्द्रनगर गाउँपालिकाले चन्द्रनगर पानी टयांकर खरिद गरी पानीको समस्या टार्न तत्कालको राहत दिन आज देखि पानी वितरण सुरु गरिएको बताए । उनले चन्द्रनगर पानी टयांकरले दिनको १६ घण्टा गाउँपालिकाको ७ वटै वडाको ३० वटा टोलमा बिहान र बेलुका पानीको समस्या टार्न पानी वितरण गर्ने बताए ।
अध्यक्ष महतोले पानीको विषयमा गम्भीर रुपले सोचिएन भने मानव तथा पशुको जिवन संकटमा पर्ने भएको हुदाँ तत्काल राहत कसरी दिने, छोटो समयमा पानी आपुर्ती कसरी गर्ने र तेस्रो दीर्घकालीन रुपमा जलवायु परिवर्तन अन्तर्गत चुरे दोहन वनजंङ्ग बिनाश रोक्ने तर्फ जानुपर्ने अवस्था आएको अध्यक्ष महतोले भने । दीर्घकालीन रुपमा चुरे बचाउने, ठाउँठाउँमा बोटबिरुवा रोप्ने र पानी रिचार्ज गर्ने व्यवस्था सरकारले नै गम्भिर भएर गनुएपर्ने अवस्था आएको अध्यक्ष महतोले बताए ।