मसुरो उत्पादन बृद्धिवारे नार्क र यूएसएडका प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरण ’bout छलफल भएको छ ।

ललितपुरको खुमलटार स्थित नार्कको केन्द्ीय कार्यालयमा आज नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र यूएसएडको नेपालमा मसुरो बाली प्रवद्र्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीका बीचमा मसुरो उत्पादन बृद्धिको ’boutमा छलफल भएको हो ।

नार्क मार्फत् उक्त कार्यक्रम लागू भएपछि मुसुरो बालीमा गहन अनुसन्धान गरी उत्पादनशील जातहरुको विकास, श्रोत बीउ उत्पादन तथा कृषक र प्राविधिकहरुको क्षमता अभिवृद्धिमा काम गर्ने जानकारी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले दिए । यस कार्यक्रम अन्तर्गत मसुरो उत्पादनका उन्नत प्रविधिहरुको कृषक स्तरमा परीक्षण र विस्तारको काम समेत हुने बताइएको छ ।

राट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेका संयोजक डा.राजेन्द्र दराईका अनुसार नेपालमा बार्षिक २ लाख मेट्रिक टन मसुरो उत्पादन हुने गरेको छ । तर नेपाललाई तीन लाख ६ हजार मेट्रिकटन मसुरो चाहिने उनले बताए । यद्यपि नेपालमा मसुरोको उत्पादनको सम्भावना त्यो भन्दा निकै नै बढी रहेकाले मसुरोको अन्तर्राष्ट्रिय व्यापार बृद्धि गरी निर्यात बढाउन सकिने कुरा डा. दराईले जनाएका छन् ।

नेपालको तराई क्षेत्रमा मसुरोको उत्पादन हुदै आएको छ । नेपालमा मसुरो वाली प्रबद्र्धन कार्यक्रम लागु भएपछि मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा अझै मसुरो उत्पादन बृद्धि हुने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने विश्वास लिइएको छ ।

सो छलफलमा नार्कका कार्यकारी निर्देशक भट्टराईका साथै नार्कका बाली तथा बागवानी निर्देशक डा.कृष्णकुमार मिश्र, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

यसैबीच आजै नार्क र जपानको हकेन कम्पनीका प्रतिनिधि बीच नेपालमा सीताके च्याउको उत्पादन बृद्धि र व्यवसायीकरणको ’boutमा पनि छलफल भएको छ । नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र हकेन कम्पनीका उपप्रमुख सुमजो आइयूसावाका बीचमा सीताके च्याउँ उत्पादन बृद्धि र व्यवसायीकरणको ’boutमा छलफल भएको हो ।

कम्पनीले सीताके च्याउका नयाँ जातहरु राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्र मार्फत् परीक्षण गरी उपयुक्त जातहरुको व्यवसायीकरणमा सहयोग गर्ने, सीताके च्याउका उच्च तापक्रम सहन सक्ने जातहरु छनौट गरी तराईमा समेत विस्तार गरिने बताइएको छ ।

राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार सीताके च्याउ काठको मुढोमा उत्पादन गर्दा श्रम र काठ धेरै खर्च हुने, वनको काठ नकोतरिने गरि ल्याउनु पर्ने र काठ काट्न कतिपय अवस्थामा वन संरक्षणका कारण नमिल्ने तर यो प्रविधिमा काठको धुलो प्रयोग गरी उत्पादन गर्दा लागत खर्च कम र सजिलैसंग उत्पादन सिताके च्याउ उत्पादन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

निलकमल ह्युमन रिसोर्सले मनायो १८औँ वार्षिकोत्सव