काठमाडौं । बैशाखदेखि नै नयाँ फिल्ममा काम गर्ने भनेर अभिनेता अनमोल केसीले दुईवटा चलचित्र ‘जेरी अन टप’ र ‘फर्की फर्की’मा हस्ताक्षर गरेका थिए । तर यतीबेला अनमोलले नै समय नदिएको यी फिल्मका निर्माताहरुको गुनासो छ । अभिनेता अनमोल नयाँ फिल्म रावायणमा जोडिएपछि यी दुई फिल्मको निर्माण अलपत्र परेको हो । यी दुबै फिल्मबाट अनमोलले पेस्की समेत लिईसकेको बताईएको छ ।
फिल्म छायाँकनको लागि कलाकार चयन गरेर पैसा हातमा लिएर बसेका यो फिल्मका निर्माताहरु अनमोलले समय नदिएकै कारण दिक्क भएका छन् । अनमोलले समय नदिएपछि अब यी दुई फिल्म कहिले बन्ने हो भन्ने’bout उनीहरु आफैंले पनि बताउन सकेका छैनन् ।
यतिबेला अभिनेता अनमोल केसी नयाँ फिल्म ‘रावायण’को तयारीमा छन् । मनमोललाई यो फिल्मको स्कृप्ट साह्रै मन परेपछि रावायणमा अनमोल अनुबन्धित भएको यो फिल्मका निर्माता निर्देशक सुदर्शन थापाले बताएका छन् ।
गत वर्ष साउनमै अनमोलले सुदर्शनको फिल्ममा काम गर्ने बताएका थिए । त्यतिबेला निर्मातामा पुजा शर्मा समेत थिईन् । तर रावायणमा अहिलेसम्म निर्माताको रुपमा पुजा शर्मा नरहेको बताईएको छ ।
आगामी भदौबाट अनमोलले सुदर्शनको फिल्म रावायणको छायाँकन सुरु गर्ने भएपछि यस अघि निर्माण भएका बाँकी दुई फिल्म अन्यौलमा परेका छन् । आगामी फागुनमा रिलिज गरिने भनिएको रोहित अधिकारीको फिल्म फर्की फर्कीको निर्माण अनिश्चित भएको छ । यो चलचित्रलाई भुवन केसीले निर्देशन गर्ने भनिएको थियो । केसीको अझै विकाश बोर्डको अध्यक्ष पदमा एक वर्ष कार्यकाल बाँकी रहेकाले उनले तत्काल फिल्मको छायाँकनमा समय नदिने बताएका छन् । सोही कारण चलचित्र फर्की फर्की अझै एक वर्षसम्म निर्माण नहुने पक्का जस्तै भएको छ ।
बिगतमा केही फिल्म सुपर हिट दिएका अनमोलको एक दुई सिनेमा एभरेज भए । उनको पछिल्लो फिल्म छड्को २ बक्स अफिसमा पूर्ण असफल भयो । त्यसपछि लभस्टोरी फिल्म नै खोल्ने निचोडमा अभिनेता अनमोल पुगेका हुन् । सोही कारण यो वर्ष नै छायाँकन सक्नेगरी उनी ‘जेरी अन टप’ र ‘फर्की फर्की’मा अनुबन्धित भएका थिए । जस मध्य फर्की फर्की चलचित्र तत्काल नबन्ने भएको छ । अर्को चलचित्र जेरी अन टपमा अनमोलले कहिले समय दिन्छन भन्नेकुरा आफुहरुलाई नै थाहा नभएको यो फिल्मका निर्माताहरुको कथन छ । अभिनेता अनमोलले पनि यस अघि आधा दर्जन चलचित्रमा साईन गरेर पैसा लिएपछि ती फिल्म छाडेका छन् । उनले फिल्मको लागि एग्रिमेन्ट गरेर पौसा लिनु र केही समयपछि सो पैसा फिर्ता गरेर फिल्म नखेल्नु नियमितता जस्तै भएको छ ।
यता निर्माता निर्देशक सुदर्शन थापा भने अर्को महिनाबाटै छायाँकन सुरु गर्ने योजनाका साथ चलचित्र रावायणको तयारीमा जुटेका छन् । आफ्नो सिनेमाको अब चाँडै अभिनय कार्यशाला पनि सुरु गर्ने उनले बताएका छन् । अनमोलसँग फिल्मको लागि सम्झौता भएपछि सुदर्शनले काम अघि बढाएका हुन् ।






