बडीमालिकाको प्रवेशद्वार रंगियो

बाजुरा । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको प्रबेशद्धार रंगीएको छ । बडिमालिका माताको मुख्य पुजाको २७ दिन मात्र बाँकी रहदा बडिमालिका नगरपालिका—८उपरकोटमा रहेको मालीका मन्दीर बेहुली जस्तै सिगारीएको छ।

सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थल बडीमालिका,बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै छन् । बडीमालिकामा भदै चौध गते अर्थात चतुर्दशी मूलपुजा हुँने भएको छ। जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु पुजा गर्न र प्रकृति संग रमाउँने गरेका छन्। यस मन्दीरमा पुजा गर्नको लागि डोटी बाजुरा र जम्ला बाट सरकारी पुजा टोली हरेक बर्ष खटीने गरेको छ।

‘हामी बाजुरा जिल्लामा कार्यरत डोटी घर भएका कर्मचारीहरुले आफुले ब्यक्तिगत रुपमा रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अगुवाईमा उक्त मन्दीर रंरोगत गरीएको हौ। यसले मार्तडीको सुन्दरतामा सहयोग गरेको छ।’ डोटेली समाजका सदस्य दिनेश भण्डारीले बताए।

‘यस भन्दा पहिले योजनाको मुख ताकेर मात्र बस्ने परीपाटी छ ।,यसले गर्दा सदरमुकाम मार्तडी भित्र रहेको मन्दीर भएर पनि कसैको आँखापरेका छैन। पहिलो पहिलो पटक यसरी पुरै मन्दीरमा सजाईएको हो।’ गौमुल गाउँपालिका जनक रोकायाले बताए।

यस क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको हो । यस क्षेत्रको अवलोकन उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटकसमेत यसैबेला बडीमालिका पुग्ने गर्दछन् । २२ पाटन, त्रिवेणी र खेतीवेती बडीमालिकाका मुख्य आकर्षण हुन् ।

करिब १४ हजार फिट उचाईमा रहेको भूमिमा रहेका समथर हरिया फाँट अनि त्यसमाथि फुलेका दर्जनौं प्रजातिका फुलको रमणीयता हेर्दा बडीमालिका साँच्चै प्रकृतिको अनुपम उपहार अनुभव हुन्छ ।

पुजारी भानुभक्त जोशी सुनाउँछन् । बाजुरा त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्व विशिष्ट छ । ‘मागेको वरदान पूरा हुन्छ’ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन् । स्कन्दपुराणअनुसार दक्ष प्रजापतिको यज्ञमा आफ्नी अर्धांगिनी सत्यदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले उनको मृत शरीर बोकेर पदयात्रा गर्दै जानेक्रममा मल्लागिरी पर्वतमा सत्यदेवीको बायाँ अंग पतन भएको थियो ।

यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका प्रमुख शक्ति पीठका रूपमा स्थापित भएको हो । बडीमालिका तीर्थयात्रामा गएका गरेको बैतडीका गणेश जोशी भन्छन्, ‘बडीमालिकाको महिमा सुनेर पहिलोपटक जान आएको हुँ ।’

‘देश बिदेश बाट आउँने भक्तजनहरु यही प्रबेशद्धार बाट जाँने भएका कारण पनि यसलाई मर्मत र सिगार्नुपर्ने थियो। अरुले खासै ध्यान नदिएका कारण हामीले आफै रकम संकलन गरेर, नेपाली सेना शसत्र प्रहरीका मित्रहरुले काम गरेर मन्दीरको संरक्षणका लागि काम गरेका हौ।’प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए ।

बाजुराको बडिमालिका नगरपालिका—८ उपरकोटमा रहेको मालीका मन्दीर बेहुली जस्तै सिगारीएको छ। फोटो निमेन्द्र शाही

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेद्वारी