फेसन डिजाइनिङमा अगाडि बढ्दै सुरेन्द्र बिष्ट

फेसन डिजाइनिङ यस्तो सोच हो जसले चित्र र चरित्र दुबैलाई आम मानिस समक्ष प्रस्तुत गर्दछ । फेसन डिजाइनर त्यो हो जसले समय, सन्दर्भ अनुसार चित्र र चरित्र दुबैलाई आकर्षक रुपमा प्रस्तुत गर्ने क्षमता राख्छ । अनि, कुनै ब्यक्तिको फेसनको त्यतिबेला चर्चा हुन्छ जतिबेला उ फेसनकै कारण अरुभन्दा आकर्षक देखिन्छ । सफा, सुन्दर र अकर्षक देखिने गरी लगाउने पोशाक÷पहिरन नै फेसन हो । यस्तै कुनै ब्यक्तिका लागि शरीर सुहाउँदो पहिरन बनाउने कला नै फेसन डिजाइन हो । पक्कै पनि लुगा लगाएर मात्र पुग्दैन त्यो शरीर सुहाउँदो र आकर्षक हुनुपर्छ ।

सूचना प्रविधिको क्षेत्रमा भएको तिब्र विकास र सामाजिक सञ्जालको प्रयोग जस्ता कारणले नेपाली समाजमा पनि फेसनप्रतिको रुची वढ्दोक्रममा छ । अर्कोतिर, युवाहरुले फेसन डिजाइनिङमै आफ्नो भविष्य खोज्न थालेका छन् । समाजमा फेसन डिजाइनिङ र डिजाइनरहरुको महत्व स्थापित हुदै गएको छ । यसलाई आकर्षक पेशाका रुपमा लिन थालिएको छ । फेसन डिजाइनिङमा आफ्नो विशिष्ट पहिचान बनाउन सक्रिय युवाहरु मध्येकै एक हुन् सुरेन्द्र विष्ट ।

सानैदेखि फेसनप्रति रुची राख्ने सुरेन्द्र अहिले आएर फेसन डिजाइनरको रुपमा आफ्नो परिचय स्थापित हुँदा खुशी छन् । “सानैदेखि म अरु साथीहरु भन्दा भिन्न थिए, अरु कुरा नभए पनि हुने तर कपडा चाँही राम्रो चाहिने, त्यो पनि अरुको भन्दा एकदमै फरक, मेरो कपडाप्रतिको मोह र कपडा लगाउने शैली देखेर बेला बेलामा बुवाआमा रिसाउनुहुन्थ्यो ” सुरेन्द्र भन्छन् । सानैदेखिको रुचीले नै फेसन डिजाइनर बन्ने हुटहुटीले नछोडेको उल्लेख गर्दै सुरेन्द्र भन्छन “हाम्रो विशिष्ट संस्कृति छ, परम्परा छ, सामाजिक जीवन छ, यी सबैलाई फेसन डिजाइनिङसँग जोडेर लैजानुपर्छ, फेसन भन्नासाथ आधुनिकताको मात्र कुरा हुँदैन, त्यहाँ हाम्रो सामाजिक चरित्र र विषयलाई पनि जोडेर अघि वढनुपर्छ ”।

२०५० सालमा डोटीको आदर्श गाउँपालिका–४ मा जन्मिएका सुरेन्द्रले औपचारिक रुपमा फेसन डिजाइनिङमा करिअर थालेको एक दशक भयो । विगतमा फेसनलाई छाडा विषय मान्ने परिवारका सदस्यहरुले अहिले फेसन डिजाइनरको रुपमा आफ्नो परिचय बनाउँदै गएपछि खुशी ब्यक्त गर्न थालेको सुरेन्द्र वताउँछन् । हाल आफैले कस्टम आउट फिट प्रालि संचालन गरिरहेका सुरेन्द्रले उत्तम क्रियशन बुटिकसँग पनि सहकार्य जारी राखेका छन् । उनले नेपालकै प्रतिष्ठित ड्रेस डिजाइनर उत्तम श्रेष्ठसँग मिलेर सन २०१५÷१६ मा मिस नेपालका प्रतियोगिताका प्रतियोगीहरुका लागि ड्रेस डिजाइन गरेका थिए ।

यस्तै उनले ईमेज च्यानलबाट प्रसारण भएको ईमेज लोक कलाकारमा पनि फेसन डिजाइनरको रुपमा काम गरेका छन् । सिल्भर इन्टरटेनमेन्टले सन २०१५ देखि २०१९ सम्म संचालन गरेको मिस पूर्वाञ्चलमा नियमित ड्रेस डिजाइनरको रुपमा काम गरेका सुरेन्द्रसँग ब्राइट इभेन्ट म्यानेजमेन्टले संचालन गरेको हिमालयन फेसन रन वे मा फेसन डिजाइनरको रुपमा काम गरेको अनुभव छ । यस्तै उनले मिस नेपाल आइकन, किड्स नेपाल आइकन, मिस एसइई सुपर मोडल, मिस टिन सुपर मोडल लगायतका इभेन्टमा ड्रेस डिजाइनरको रुपमा काम गरेका छन् ।

आफु भित्रको कल्पनाशिलतालाई ब्यवहारमा उतार्न त्यही अनुसारको सृजनशील क्षमता हुने ब्यक्ति मात्र फेसन डिजाइनरको रुपमा सफल हुने सुरेन्द्र वताउँछन् । उनी भन्छन् “अहिलेको सन्दर्भमा फेसनमा बदलिँदो ट्रेण्डसँगै, आफ्नो परम्परा र संस्कृतिलाई पनि समायोजन गरेर लैजाने कुरा नै मुख्य चुनौति हो भन्ने लाग्छ” । अहिले मानिसहरुमा फेसनप्रतिको धारणा परिवर्तन हुँदै आएको उल्लेख गर्दै सुरेन्द्र फेसन डिजाइनिङलाई सृजनात्मक बनाउनुपर्नेमा जोड दिन्छन् । भन्छन् “निरन्तरको कल्पनाशीलता, त्यसलाई ब्यवहारमा उतार्ने क्षमता, फेसन डिजाइनिङको क्षेत्रमा विश्वभर आइरहेको परिवर्तन र आफ्नो भूमीको विशेषतालाई बुझेर फेसन डिजाइनिङलाई आत्मसात् गर्न सक्यौ भने सफलता निश्चित छ” ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित