कोरोनासंग लड्न तयार मौलापुर नगरपालिका, आधुनिक प्रविधिसहित तैनाथ

रौतहट । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप फैलिन नदिन तथा नगरवासीलाई जोगाउन रौतहटको मौलापुर नगरपालिकाले अत्याधुनिक प्रविधिसहित तयारी अवस्थामा रहेको छ ।

रौतहट जिल्लामै अन्य स्थानीय तहमा तयारीको नाममा विद्यालय तथा भवनहरुमा केही बेडहरु राखेर फोटो खिच्ने प्रवृत्ति बढेको बेला मौलापुर नगरपालिकाले कोरोना भाइरसको प्रकोप रोक्न मेडिकल टिम पूर्ण रुपमा तैनाथ राखेको छ ।

नगरपालिकाले क्वारेन्टाइन तयारी देखि मेडिकल सामाग्री उपलब्ध गर्नेलगायतका काम सम्पन्न गरेको छ । सवैभन्दा प्रारम्भिक एवम महत्वपूर्ण मानिएको ज्वरोनाप्न सेन्सरबाट शरीरको तापक्रम नाप्ने ’थर्मोगन’ बाट जाँच गरिदैछ ।

नगरपालिकाले हालसम्म लक्ष्मीनिया मा.वि. मा २६ तथा पतौरा प्राथमिक उपचार केन्द्रमा ६ गरी ३२ बेडको क्वारेन्टाइन तयार गरिसकेको छ भने थप बनाउनको लागि प्रयास जारी रहेको स्वास्थ्य संयोजक सुरेन्द्र साहले जानकारी दिए । संयोजक साहका अनुसार कसैलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राख्न परे आवश्यक मेडिकल सामाग्री उपलब्ध रहेको छ ।

स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई ८ वटा, २ सेट अक्सिजन सिलिन्डर, मास्क, ग्लब्स, सेनिटाइजरसहित २ जना मेडिकल अफिसर, २० जना पारामेडिक्स ,१ जना ल्याब टेक्निसियन र ३ जना स्टाफ नर्स तैनाथ रहेको संयोजक साहले बताए । उपचारका लागि आवश्यक सबै औषधि पनि उपलब्ध रहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य