कथाकार राजेन्द्र पराजुलीले ल्याए ‘जन्तरमन्तर’

काठमाडौं । कथा लेखनमा आफ्नै छुट्टै परिचय बनाएका साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीले आफ्नो नयाँ कथासंग्रह ‘जन्तरमन्तर’ पाठकमाझ ल्याएका छन् ।

यसपटक आफ्नो कथा सँग्रहमा समसामयिक बिषयमा केन्द्रित कथा रहेको उनले बताएका छन् । आफ्नो यो छैटौं कथासँग्रह भएको पनि कथाकार पराजुलीले बताएका छन् । जन्तरमन्तरमा १५ वटा कथा रहेका छन् ।

मुलत शहरले थिचिँदै गएको काँठ’bout उनले आफ्ना कथामा विस्तृत रुपमै उठाउँदै आएका छन् । तथापि यसपटक कथामा देशको राजनीति, दशक लामो सशस्त्र द्वन्द्व, उत्तरद्वन्द्वका सामाजिक–आर्थिक र राजीतिक प्रभावजस्ता विषयलाई उनले मिहिन ढंगमा उठाउँदै आएका छन् । आफू बाँचेको समय, जन्मथलो काँठ र सहरका चित्र पनि उनका कथामा मज्जाले देख्न सकिन्छ ।

साथै उनका कथाले सामाजिक विद्रुपता, विभेद, जनताका अधूरा सपना र सीमान्तकृत–किनारीकृत नागरिकका पीडालाई दृश्यमा उतारेका छन् । जन्तरमन्तरलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।

यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा माक्र्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासंग्रह प्रकाशित भएका छन् । उनी शुक्रराज शास्त्री कथासंग्रह २०७३ सालको मदन पुरस्कारको छोटो सूचीमा परेको थियो ।

६ कथासंग्रसहित पराजुलीका अनायिका उपन्यास भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरणकृति प्रकाशित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ