काठमाडौं । दाङमा शनिबार दिउँसो परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरमा एक महिला र एक बालिका तथा घोराहीमा एक बालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका–७ निवासी गीता चौधरीको घरमा चट्याङले हान्दा उनकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका– ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ ।
आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो । बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)






