पुरस्कारको रकम कोरोना कोषमा

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले रद्द भएको एनसीसीएस सिप्यान क्रिकेट अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा प्रदान गर्ने जानकारी गराएको छ ।

२१ चैतलाई तय भएको एनसीसीएस (सिप्यान) क्रिकेट अवार्ड विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण रद्द भएको र उक्त अवार्डमा प्रदान गरिने पाँच विधाको पुरस्कार रकम सरकारले स्थापना गरेको कोषलाई प्रदान गर्ने निर्णय भएको सिप्यानका अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सिप्यानले विभिन्न पाँच विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो । पाँच विधामा दिने रुकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिइने जनाएको छ । उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरिएको थियो । शिक्षा क्षेत्रमा समर्पित संस्था एनसीसीएस ग्रुपको मुख्य प्रायोजन रहेको अवार्डको अब अर्को संस्करण सन् २०२१ मा आयोजना गर्ने पनि सिप्यानले उल्लेख गरेको छ ।

विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ५ लाखभन्दा बढी संक्रमित छन् । नेपालमा पनि पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् भने चार जना उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित