लहान । सिरहाको सुखीपुरलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मंगलवार बिहान सुखीपुर लगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरियो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण यसपाली वर्तालुहरु कोरोनाबाट बच्न सिरहाको सुखीपुरमा एकै ठाउँमा धुमधामका साथ सम्पूर्ण गाउँवासीले एक ठाउँमा जम्मा हुन थियो तर यस पालि सुखीपुरको रामजानकी पोखरीमै दुई भाग र गागन खोलाको जलाशय उदाउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न गर्ने गरेको छ ।
पर्वको मुख्य दिन सोमबार निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरेको छ । आज उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वलाई समापन गरेको छ ।
यसअघि व्रतालुले पर्वको पहिलो दिन गएको ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेको थियो । शरद र बसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने यो छठ पर्वलाई छैठी पर्व भन्ने गरिन्छ ।
शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । सुखीपुरमा चैती छठ पनि धुमधामका साथ मनाउने गरिन्थ्यो तर यसपटक लकडाउनका लागि सुनसान देखिएको छ ।