असहमती जनाउँदै शिक्षकहरु आन्दोलनमा

बर्दिया । हालै सार्वजनिक भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रेका छन् । शिक्षकहरुले मंगलबार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा ३ घण्टा धर्ना दिएका छन् । यस अघि शिक्षकहरु यही २८ गते पालिकाहरुमा घण्टा धर्ना दिएका थिए ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले जारी गरेको सर्कुलर अनुसार देशभरका शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् । विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त टे«ड युनियन अधिकार, शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफ रहेको भन्दै महासंघले पहिलो चरणको आन्दोलन तय गरेको हो । हालै सार्वजनिक भएको मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु एचित ढंगबाट नसमेटिएको भन्दै शिक्षकहरु आन्दोलित हुनु परेको नेपाल शिक्षक महासंघले विज्ञप्ती मार्फत जनाएको छ ।

यसै गरी मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मा.वि, बालविकास, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीका माग तथा मुद्दाहरुको सम्बोधन गर्न नसकेको महासंघको भनाई छ । मस्यौदाले शिक्षक कर्मचारीका मुख्य मागमुद्दालाई सम्बोधन गर्नु नसक्नुका साथै शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथी समेत गम्भीर प्रहार गरेको महासंघको आरोप छ । मस्यौदामा रहेका शिक्षा र शिक्षक–कर्मचारी विरोधी प्रवन्धहरु प्रिवर्तन गरी यसलाई शिक्षा तथा शिक्षक–कर्मचारी मैत्री बनाउनु पर्ने शिक्षक–कर्मचारीहरुको अडान रहेको छ ।

पहिलो चरणको आन्दोलन अन्र्तगत साउन ३२ गते मुलुकका सातै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा ३ घण्टा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ । यसैगरी भाद्र १ गते सबै प्रदेश तथा सङ्घीय सांसद समक्ष सम्बन्धित जिल्लाका महासंघ तथा सम्बद्ध संस्थाको मुख्य नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतीका छायाप्रति बुझाउँने र शिक्षकहरुको मागमुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने महासंघको कार्यक्रम छ ।

पहिलो चरणको आन्दोलनबाट माग सम्बोधन नभएमा विद्यालय शिक्षा ऐन २०८० संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक–कर्मचारी काठमाण्डौमा उपस्थित भई बृहत विरोध प्रदर्शन गर्ने नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले जनाएको छ । पहिलो चरणको आन्दोलनमा शिक्षकहरुको प्रतिनिधीमूलक उपस्थिती रहेकाले विद्यालयको पठनपाठन प्रभावित नभएको विद्यालयका प्रधानाध्यापकहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामचन्द्रलाई जगन्नाथकाे प्रस्ताव : रेणु दाहालको उम्मेदवारी फिर्ता हुन्छ भने म पनि झिक्छु