राजरंगशालासहित वडामा संचालित हाट बजार बन्द

राजविराज । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले राजरंगशालासहित सबै वडामा संचालन गरेको व्यवस्थित हाट बजार तीन दिन नबित्दै मंगलबारदेखी बन्द गरिएको छ । अत्याधिक भिडभाड हुन थालेपछि अघिल्लो दिन बसेको बैठकले रंगशालासहित नगरका सबै वडामा संचालित हाट बजारहरु बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि नगरको वडा नं. ७ मा संचालन हुदै आएको नगरको प्रमुख हाट बजारमा लकडाउनको बेला पनि निकै भिडभाड भई कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत शुक्रबारको बैठकले उक्त हाटबजार बन्द गरि शनिबारदेखि राजरंगशाला तथा नगरको सबै वडामा पसले र ग्राहकबीचको दुरी कायम हुने गरि व्यवस्थित हाटबजार संचालनमा ल्याएको थियो ।

तर, संचालनमा अँएको तेश्रो दिन पनि सो हाटबजारमा किनमेलका लागि बनाइएको प्रावधानहरुको पालना गरेको नपाइएको तथा भिडभाडले जोखिम बढाउने खतरा देखिएपछि बाध्य भई मंगलबारदेखि उक्त हाटबजार पनि बन्द गराउने निर्णय गर्नुपरेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताए ।

उनले तरकारी बेच्ने व्यवसायीहरुलाई ढकिया, ठेला र साइहलको माध्यमले सुरक्षित रुपमा दुरी बनाई घर घर गई बिक्री गर्न व्यवस्था मिलाउन जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 495 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ