घरमै जलाशय बनाइ मनाइयो चैती छठ पर्व

राजविराज । उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मंगलबार सम्पन्न भएको छ । विभिन्न जलाशय किनारमा सूर्य देवताको पूजा गरी मनाइदै आएको यो पर्व यसपल्ट भने कोरोना संक्रमणबाट जोगिन लकडाउन गरिएपछि जलाशय जानुको सट्टा घरमै ब्रतालुले स–साना जलाशय बनाई चैती छठ पर्व मनाएका हुन् ।

तराई मधेशमा कात्र्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्र्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्षयता चैती छठ पर्व मान्नेको संख्या पनि बढ्दो छ । यस पर्वमा विशेष गरि नगरका भगवती पोखरी, कल्टु पोखरी र तुरन्ती पोखरीमा चैती छठ पर्वमा ब्रतालु र दर्शानार्थीको भिड लाग्ने गरेको थियो । तर यस पल्ट ती सबै जलाशय सुनसान देखीए ।

लकडाउनका कारण बाहिर हिडडुल गर्न नपाएपछि ब्रतालुले आ–आफ्नै घरमा स–साना जलाशय बनाई मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरेका छन् । राजविराज ४ निवासी माला चौधरीले बाहिर निस्कने अवस्था नरहेकोले यसपल्ट घरकै छतमा सानो जलाशय बनाई छठ पर्व मनाएको बताइन् ।

अर्का ब्रतालु सुलोचना सोनारले स्थानिय प्रशासनले भिडभाडमा नजान गरेको आग्रह तथा छठ पर्वमा प्रयोग गरिने पूजासामाग्रि समेत पाउन कठिन भएकाले यसपल्ट जेनतेन घरमै भाडोमा पानी राखी पोखरी मानेर छठ पर्व पूरा गरेको सुनाइन् ।

पारिवारि सुख, शान्ति, कलयाण्, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ तराई मधेशमा श्रद्धापूर्वक मनाइने सूर्य पूजाको यो पर्व यसपल्ट कोरोना भाइरसको त्रासका कारण निरस भएपनि कोरोना भाइरसमाथी बिजयी प्राप्त गर्दै अर्को वर्ष उत्साहका साथ मनाउने अधिकांश ब्रतालुहरुको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा