अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण हुने भएको छ । डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै माटो परीक्षणका लागी अन्य जिल्लामा जाने समस्या हटने भएको छ ।
प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायनहरू खरिद गरेको छ ।मंगलबार बाट सञ्चालनमा आएको प्रयोगशालाबाट निःशुल्क रुपमा कृषकले ल्याएको माटोको नमूना परीक्षण गरिने कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए। जसको लागि ६ वटै पालिकामा ११ जना कर्मचारी खटाएको छ ति कर्मचारीले ज्ञान केन्द्रमा नमुना लिएर त्यसको रिपोर्ट कृषकलाई सहज होस भनेर पालिकामा दिने उनको भनाइ छ ।
यसले गर्दा कृषकको माटोमा देखिएको समस्या समधान भई उत्पादनमा टेवा पुग्ने घिमिरेको भनाइ छ ।डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच, लगायतको परिक्षण हुने छ । माटोको अम्लिय र क्षरियपनको पनि जाँच गरिने छ ।
कृषकलाई सुचना प्रभामा सहज होस भनेर कार्यक्रमको उद्घाटन पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालबाट गरिएको थियो ।