मैथिली विकास कोषको चारतल्ले घर

जनकपुरधाम । मैथिल भाषा, साहित्य कला संस्कृतिका लागि कार्य गरिरहेका देशका अग्रणी संस्था मध्येका मैथिली विकास कोषको चारतल्ले घर निमार्ण भइरहेको छ । साढे ४ करोड रुपैयाँमा निर्माण भइरहेको सो घरका लागि खर्च हुने सम्पूर्ण रकम मधेश सरकारले सहयोग गरेको छ ।

जनकपुरधाम–८ स्थित निर्माण भइरहेको सो घरको ३ तल्लाको कार्य भइसकेको छ भने यही आर्थिक वर्षमा एक तल्ला अझै निर्माण गरिने मैथिली विकास कोष जनकपुरधामका अधयक्ष जीवनाथ चौधरीले जानकारी दिएका छन् ।

सो घरमा कोषका कार्यालय, पुस्तकालय, आर्ट ग्लालेरी, रेकर्डिगं स्टुडियो, संग्रहालय, कन्फ्रेन्स हल रहने छ । घरमा एकातिर तल्ला थप्ने कार्य भइरहेको छ भने अर्कोतर्फ जुन निर्माण भइसकेको छ त्यसको फिनिसिङ भइरहेको छ । कोष जनकपुरधाममा तीन पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ भने नाटक महोत्सव, पुस्तक प्रकाशन, पुरस्कार वितरण लगायतका कार्यहरु गरिरहेको छ ।

मैथिलीका वरिष्ठ साहित्यकार रोशन जनकपुरीले भाषा, कला संस्कृतिका लागि नमूना भवन बनिरहेको छ यसले एकातिर सुविधा सम्पन्न कार्य भइरहेको छ भने अर्को तर्फ यसमा विभिन्न कार्यक्रम हुने बताए । सो भवन गत दुई वर्षदेखि बनिरहेको छ । एक वर्ष अझै लाग्ने कोषले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

epaper

ताजा समाचार

विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै