दुई महिनादेखि ठप्प रेसुङ्गा बिमानस्थल

गुल्मी । गुल्मीको रेसुङ्गा बिमानिस्थल विगत दुई महिनादेखि उठान नभएका कारण ठप्प रहेको छ । गत वैशाख अन्तिम साताबाट उडानको अनुमति पाएको रेसुङ्गा बिमानिस्थलमा झण्डै एक महिना उडान भयो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयताा उडान नै हुन सकेको छैन ।

बिमानिस्थलमा बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान अनुमति पाएपनि शुक्रबार मात्रै उडान भएको थियो । तर मौसम खराबीको कारण सोही उडान पनि दुई महिनादेखि बन्द छ । बिमानिस्थलमा पछिल्लो पटक काठमाडौबाट रेसुङ्गाका लागि असार ६ गते उडान भएपनि तर खराब मौसमका कारण जहाज बीच बाटोबाटै काठमाडौ फर्किएको थियो । त्यसपछि भने कुनै उडान भएको छैन ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान गर्ने समय तालिका रहेको छ । तर उडान गर्ने बिहानी समयमा विमानस्थलमा बादल लागेका कारण उडानमा समस्या भएको विमानस्थलका वरिष्ठ अधिकृत अस्मिता बस्नेतले बताइन् ।

भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम खराब कारण उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ । रेसुङ्गा विमानस्थलमा बिहानी समय मात्रै उडानको लागि उपयुक्त छ । दिउँसमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी