वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

जनकपुरधाम । वरिष्ठ पत्रकार राजेश्वर नेपालीको आज साँझ निधन भएको छ । प्रेस स्वतन्त्रता सेनानी नेपालीको बेलुका ८ बजेर १० मिनेटमा जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उनका जवाइ श्रीनारायण साह जानकारी दिएका छन् । उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।

आफ्नो जन्मदिन भन्दा सात दिनअघि नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीबाट २००२ भदौ २९ गते भएको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले मैथिलीमा स्नातकोत्तरसम्मको अध्ययन गरेपछि २०१८ मंसिर २६ गतेबाट आफ्नो पत्रकारिता करियरको सुरुवात गरेका थिए । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर उनले पत्रकारिताको सुरुवात गरेका थिए ।

नेपालको केही स्थानमा हिन्दी सम्मेलन पनि गराएका थिए । साहित्यमा मैथिली र हिन्दी दूबैमा लेख्थे । उहाँको एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन