एसिया कपमा गाउने डा. त्रिशला को हुन् ?

त्रिशला गुरुङ नेपाली सांगितक क्षेत्रकी एक चर्चित र उदयमान गायिका, गितकार, संंगितकार र मोडल हुन् । यतिले मात्र उनको परिचय पुरा हुदैन । उनी डाक्टर पनि हुन् । डाक्टर बन्नु अघि नै उनी गायनमा जमिसकेकी थिइन् । उनलाई बहुमुखी गायिकाका रुपमा समेत हेरिन्छ । उनको सांगितिक यात्रा कभर गायिकाबाट शुरु भएको थियो ।

उनी सामाजिक संजालमा पनि निकै चर्चित छिन् । उनले अनमोद केसी र सुहाना थापा अभिनित नेपाली चलचत्रि ए मेरो हजुर ४ मा पनि गीत गाएकी छिन् । भ्रमण बर्ष २०२०का लागि समेत उनले गीत गाएकी थिइन् । उनी सफ्व मेलोडी गितकी पारखी हुन् । उनी भजनमा अझ धेरै रुची राख्दछिन् । शनिवार त उनले भजन गाउनका लागि समय नै दिने गरेको बताउँछिन् ।

उनको जन्म धरानमा भएको हो । पिता भुतपुर्व ब्रिटिश गोर्खा आर्मी हुन् । यतिबेला उनी आमासँग काठमाडौंमा बस्छिन् । उनी सानैदेखि गायनमा रुची राख्दथिइन् । विद्यालयमा हुने गायन प्रतियोगितामा उनले दोस्रो हुनुपरेन । उनको स्वरमा उच्च पित नोट रहेका बताइन्छ । उनको युट्युव च्यान शिला सिङ््स निकै चर्चित छ ।

उनी आर्बिट्रेरी ग्रुपमा आवद्ध भएर उकाली चडौंला ओराली झरौला, गैरी खेतको सिराई, प्रितिको फूल, आगर तुम साथ हो, कोल्डवाटर जस्ता नेपाली हिन्दी र अंग्रेजी कभर गीतहरु रेर्ड गरिन् । जसले युट््वमा करोड बढी भ्युज पाएको छ । उनको फेसबुक पेजमा ४ लाख ६८ हजार फलोअर्स छन् ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता