तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार देवबहादुर साहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले । 

सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् । 

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् । उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान