गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

महेन्द्रनगर । कञ्चनपुरको एक गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला गाउँपालिका अध्यक्षले लगाएका छ्न ।

सरकारी समय अनुसार कर्मचारीहरु कार्यालयमा नआएको भन्दै कञ्चनपुरको एक पालिका प्रमुखले कर्मचारीलाई कार्यालय प्रवेसमा रोकेका छन । कार्यालय समय भित्रै कर्मचारी कार्यालय नआउने र समय बाँकी रहदै कर्मचारी कार्यालय छाड्ने प्रवृति बढेको भन्दै कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र रानाले ढिलोगरी कार्यालय आउने कर्मचारीलाई मुल गेटमै कार्यालय गेटमा रोकिदिएका छन ।

सोमबार बिहान १० बजेसम्म पनि कर्मचारी कार्यालयमा नआएपछि मुल गेटमै ताला लगाएर कर्मचारीलाई प्रवेसमा रोकेका हुन । कार्यालय समयमा तिन जना मात्रै कर्मचारी आएको र बाँकी कर्मचारी नआएको भन्दै चेतावनी स्वरुप गाँउपालिका अध्यक्ष रानाको निर्देशमा कार्यालय मुल प्रवेस द्वारमा ताला लगाईदिएपछि केही घण्टा कर्मचारी बाहिरै बसेका थिए । कर्मचारीहरुले समेत आफुहरुमाथि अपमान भएको भन्दै सोमबार प्रवेस नपाएकाले घरतिर लागेका थिए ।

गेटमा ताला लगाएर खोलेपछि कर्मचारी आफुहरुको अपमान भएको भन्दै पुन कार्यालय प्रवेस नगरेर घर फर्किएका थिए । बेलडाँडी गाँउपालिका प्रमुख रानाले कार्यालयमा ढिलोगरी आउने र अनि कार्यालयको काम समय अवागै जाने प्रवृति लामो समयदेखि चलिरहेको बताए । ‘हामीले कर्मचारी साथिहरुसंग पटक पटक समयमै कार्यालय आउनेदेखि जान निर्देशन गरेका थियौं, ‘उनले भने, ‘प्रमुखको निर्देशन टेर्दै टेरेनन्, यो त बाध्य भएर यस्तो कदम चालिएको हो ।’ उनले भने । जनतालाई दु:ख दिने काम भएर कर्मचारीप्रति प्रतिशोध कुनै रिसराग नभई सुधारका लागि कदम चालिएको बताए ।

गाँउपालिका अध्यक्ष रानाले ४० कर्मचारी मध्ये तीन जना मात्रै कर्मचारी मात्रै समयमा आएको बताए । उनका अनुसार पुरुषोत्तम जोशी, सन्तोष जोशी र दिनेश खड्का मात्रै कार्यालय समयमा आएको बताए । ‘कार्यालयमा समयमै कर्मचारी नआउने चरम जनगुनासो बढ्यो पटक पटक भन्दाभन्दै कसैले मानेनन, ‘उनले भने, ‘बाध्य भएर यो कदम चालियो अबपनि त्यही प्रवृति भए थप एक्सनमा गईन्छ ।’ कर्मचारीले भने, आफुहरुमाथि अन्याय भएको भन्दै सोमबार कामकाज नगरी घर फर्किएका थिए । कर्मचारी घर फर्किएपछि कार्यालयको कामकाज प्रभावित भएको थियो । दिनभरी कार्यालय प्रवेस गरेका सेवाग्राही मारमा परेका छन ।

कर्मचारीहरुले ढिलो आउने र रातदिन मेहनत गरेर कार्यालयप्रति उत्तरदायी हुने कर्मचारी सोही घानमा परेको बताएका छन । ‘अध्यक्ष ज्यूले यस्तो सिधै कदम चाल्ने त होईनन, ‘एक कर्मचारीले भने, ‘खै किन चाले थाहै भएनन, केही हामीबाट गल्ती भए स्वीकार गर्न तयार थियौँ, तर अध्यक्ष ज्यूबाट समेत एक पटकका लागि सोचिदिनुपर्ने हो ।’ केही भित्रैकै कर्मचारीले अध्यक्ष ज्यूलाई आफ्नै सहकर्मी बिरुद्धमा लान्छना लगाउनेदेखि प्रवृतिले सोमबार यस्तो घटना घटिएको बताईएको छ ।

शिक्षा शाखा प्रमुख समेत रहेका सिनियर कर्मचारी भानुभक्त जोशीले पालिका अध्यक्ष ज्यूबाटै कर्मचारीलाई कार्यालय प्रवेसका लागि रोक लगाएपछि बेईजती भएकाले सो दिन काम नगर्ने गरी सबै घरतिर फर्किएको बताए ।

‘हामी कार्यालय समयमै काम गर्नकै लागि कार्यालय पुगेका थियौँ, ‘उनले भने, ‘तर अध्यक्ष ज्यूबाट सिधै कार्यालय प्रवेस गेटमा ताला लगाईदिए, केही घण्टा बाहिरै बस्नुपर्ने अवस्था सृजना भयो, सबै कर्मचारी साथीहरुको राय अनुरुप सोमबार काम गर्न वातावरण नहुँदा गर्ने र मंगलबारदेखि कार्यालय समयमै आएर काम गर्ने छलफल भएको छ ।’ ताला लगाएपछि वार्ताका लागि समेत नबोलाएपछि आफुहरु घर फर्किएको उनले बताए ।

‘कार्यालयमा लार्पबाही गर्ने कर्मचारीलाई कार्बाहीका लागि अन्य विधी भएपनि प्रमुखले सिधै ताला लगाएर हामीहरुको अपमान गरेजस्तो भयो, ‘उनले भने, ‘त्यही भएर हामीले सो दिन काम गरेनौँ, प्रमुखलाई नटेर्ने भन्ने होईन जनताको कामकै लागि हामी खटिएका हौँ ।’ कार्यालयमा ढिलो आउने कर्मचारीलाई तह लगाउने भन्दै प्रमुखले चालेको कदमले आगामी दिनमा सार्थकता पाउलाकी ? कर्मचारी प्रमुखसंग रिसिएले काममा कस्तो गुणस्तरियता देलान भन्ने भविष्यले बताउँला । बेलडाँडी गाँउपालिकामा ईमान्दारितापुर्वक राष्ट्रसेवकको भूमिका निर्वाह गर्नेदेखि शक्तिकेन्द्र नजिक भएर चाप्लुस गर्ने कर्मचारीका कारण उक्त समस्या सृजना भएको कार्यालयमा आएका सेवाग्राहीको गुनासो छ । सेवाग्राहीले कर्मचारीले समयमै आउनेदेखि जानुपर्ने र प्रमुखले कर्मचारी तह लगाउन विद्यमान विधी अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !