तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा

सिन्धुली । नेपालकी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन । बुधबार नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।

प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोंचमा नरहेको बताए ।

उनले भने, ‘हाम्रो सरकार बनाउने संसदको अंकगणित पुग्ने भए नेपाली कांग्रेसले आफै सरकार बनाउँथ्यो, दोस्रो दलको नेतृत्वमा बस्दैनथ्यो । एक्लै सरकार चलाउन सक्ने अवस्था नभएकाले वर्तमान सरकारलाई नै साथ दिएर सहकार्य कायम राख्छ ।’

नेपाली कांग्रेसले तत्काल सरकार बनाउने विषयमा नसोंचेको उनले बताए । ‘नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्नुपर्छ, कमजोरी केलाउनुपर्छ र सरकारलाई साथ दिनुपर्छ तर नेपाली कांग्रेसले सरकार परिवर्तन गर्न तत्काल सोंच्ने बेला भएको छैन,’ शर्माले भने ।

नेपाली कांग्रेसका कार्यकर्ताबाट तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सुझाव दिईरहेको भए पनि सरकार परिवर्तन नहुने उनले बताए ।

कुनै पनि दलले एकल सरकार बनाउने अवस्था संसदमा नरहेको उनले बताए । ‘सरकारले भ्रष्टाचारका फाईल खोलेको छ, भ्रष्टाचारको अनुसन्धानलाई सघाएर कांग्रेस अगाडि बढ्नुपर्छ,’ उनले भनेको छन ।

शान्ति प्रक्रिया टुंग्याउन आवश्यक नेता नेम्बाङ
पत्रकार सम्मेलनको सुरुमै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवम प्रतिनिधिसभा सदस्य सुवास नेम्बाङको निधनप्रति दुःख व्यक्त गरेका छन । उनले नेम्बाङ पार्टी दायरा भन्दा बाहिर समेत लोकप्रीय संयम र वर्तमान परिस्थितिमा नेपाली राजनीतिलाई आवश्यक व्यक्ति रहेको बताए ।

उनले एमालेका उपाध्यक्ष समेत रहेका नेम्बाङ एमालेभित्र मात्र नभई सबै पार्टीका मान्छेले मन पराएका पात्र भएको बताउँदै वर्तमान राजनीतिक परिस्थितिमा उनको अभाव खड्किएको बताए । शर्माले शान्ति प्रक्रियाका काम बाँकी रहेको र राजनीतिक संयमता अपनाउनुपर्ने बेला झनै आएको बेला नेम्बाङको आकस्मिक निधनले राजनीतिक क्षेत्रमा ठूलो क्षती भएको बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक