आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको १०औं महाधिवेशन १४–१८ माघमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका जुट्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन गरेका छन् ।

केन्द्रीय कमिटी बैठकपश्चात् पार्टी अध्यक्ष नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन ११ मा महाधिवेशनको तयारीमा जुट्न नेताकार्यकर्तालाई निर्देशन गरिएको छ ।

पार्टी र जनसंगठनका सबै कमिटीले महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भनिएको छ । असोजमा एक महिना देशभर रूपान्तरणकारी एजेन्डाका साथ ‘नेकपा एकीकृत समाजवादीका मुद्दा राष्ट्रलाई सुनाउने’ उद्देश्यसहित राष्ट्रिय अभियान आयोजना गर्ने र पार्टीको केन्द्रीय सचिवालयले यसको विस्तृत योजना तयार गर्ने अपानिमा उल्लेख गरिएको छ ।

यसैगरी, एकीकृत समाजवादीले एमसीसी सम्झौताको अनुगमन गर्न समिति बनाउने निर्णय गरेको छ । एमसीसी सम्झौता कार्यान्वयको संसदीय अनुगमन गर्न आवश्यक रहेको निष्कर्ष एकीकृत समाजवादीको छ । जसको पहल गर्न र पार्टीका तर्फबाट पनि अनुगमन गर्न पार्टीले अनुगमन समिति बनाउने निर्णय बैठकले गरेको छ ।

बैठकले उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्व समितिमा समिति बनाउने निर्णय गरेको हो । सो समितिमा उपमहासचिवद्वय गंगालाल तुलाधर र जगन्नाथ खतिवडा र सचिव गरिमा शाह सदस्य रहेका छन् ।

ेन्द्रीय सचिवालयको छैटौं बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनसमेत गरेको छ । यसपटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउनेगरी कार्यविभाजन गरिएको अध्यक्ष नेपालद्वारा जारी अपानीमा उल्लेख गरिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व र महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्नेछन् । सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, उपाध्यक्ष प्रमेश हमाललाई विदेश विभागको उपप्रमुख र पार्टी स्कुल विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ ।

उपाध्यक्ष डा. बेदुराम भुसाललाई संगठन विभाग प्रमुख, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई संघीय संसदीय विभाग प्रमुख र राजकीय मामिला विभाग प्रमुख, उपाध्यक्ष केशवलाल श्रेष्ठलाई स्थानीय तह विभाग प्रमुख, उपाध्यक्ष घनेन्द्र बस्नेतलाई कोसी प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्ज, उपमहासचिव गंगालाल तुलाधरलाई विपद् व्यवस्थापन विभाग प्रमुख र बाग्मती प्रदेश इन्चार्ज, उपमहासचिव विजय पौडेललाई अर्थ योजना विभाग प्रमुख, उपमहासचिव जगन्नाथ खतिवडालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी यथावत् नै राखिएको छ ।

सचिव नागेन्द्र चौधरीलाई स्वास्थ्य विभाग प्रमुख, सचिव जीवनराम श्रेष्ठलाई केन्द्रीय कार्यालय प्रमुख, सचिव राजेन्द्र राईलाई कोसी प्रदेश सहइन्चार्ज, सचिव हरि पराजुलीलाई लुम्बिनी प्रदेश इन्चार्ज, सचिव गरिमा शाहलाई सुदूरपश्चिम इन्चार्ज र सचिव रामकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बैठकले पूर्वकृषिमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । बैठकले अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

यसैगरी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, वैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मीना लामा, रामप्रसाद ढुंगाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल, शैलेन्द्र उपाध्याय र सुदेश पराजुलीलाई समेत केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित