विशेषज्ञ डाक्टरबिहीन गुल्मी अस्पताल

गुल्मी । गुल्मी अस्पताल विशेषज्ञ डाक्टरबिहीन बनेको छ । यही भदौ १३ गते अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी सरुवा भई पाल्पा गएपछि गुल्मी अस्पताल विशेषज्ञ डाक्टर बिहीन बनेको हो । गुल्मी अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ ।

तर विगत लामो समयदेखि एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत थिए । झण्डै सात महिनाअघि डाक्टर पच्या सरुवा भई गएपछि गुल्मी अस्पतालको नेतृत्व सम्हाल्न डाक्टर जिसी आएका थिए । तर जिसी पनि गएपछि अहिले अस्पताल विशेषज्ञ डाक्टर बिहीन एवम् प्रशासन प्रमुख बिहीन बनेको छ । अस्पतालमा पाँचजना अन्य डाक्टरहरुको दरबन्दी छ । करारमा आठजना डाक्टर कार्यरत थिए । ती मध्ये केही बिदामा छन् । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा कठिनाई भइरहेको छ भने नागरिकले सास्ती खेपेका छन् ।

यही भदौ १२ गते उपचारको क्रममा अर्घाखाँची काउलेकी सात बर्षिया बालिकाको ज्यान गएपछि अहिले अस्पतालमा पहिलेजस्तो सहज ढङ्गले सेवा प्रवाह हुन छाडेको छ । ‘पहिले–पहिले अस्पतालमा राम्रोसँग चेकजाँच हुन्थ्यो, तर अहिले सामान्य उपचार पाउन पनि गाहे भयो ।’ उपचार लिन आएकी सुमित्रादेवी पाण्डेले भनिन्, ‘बाध्य भएर निजी मेडिकलमा जानुप¥यो ।’ अस्पतालमै सेवा लिएका अर्घाखाँचीका फर्सुराम पाण्डेले जनशक्ति अभावमा अस्पतालबाट उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्विकार गर्दै आवश्यक जनशक्ती व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । ‘डाक्टर ल्याउनको लागि निरन्तर प्रयास गरिरहेको छु, तर प्रदेशको मन्त्रालयले डाक्टर नै पाइएनन् भन्छ ।’ उनले भने । पछिल्लो एक महिनामा मात्रै १४ जना स्वास्थ्यकर्मीले अस्पताल छोडेको पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल