गैरी गाउँमा एकै परिवारका ३ सहित ४ जनाको सामुहिक हत्या

काठमाडौं । काठमाडौंमा एक परिवारको सामुहिक हत्या भएको छ  । तीनकुने, गैरीगाउँमा गए राती एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्या भएको हो । 

प्रहरीका अनुसार यसरी हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० बर्षीय नविन राइको पनि हत्या भएको छ । 

साे काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन । तर, शुक्रबार राती उनको पनि हत्या भएको छ । 

सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए । यसरी हत्या भएका चारै जनाको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा लगिएको छ । थप बिवरण आउन बाँकी छ । 

तपाइको प्रतिक्रिया
(Visited 537 times, 1 visits today)

epaper

ताजा समाचार

‘गौँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड