तीजको नाचगानमा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु

पाल्पा । तीजको नाचगानमा झडप हुँदा पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेतिर तीजको नाचगान गर्ने क्रममा स्थानीय युवाबीच झैझगडा हुँदा गम्भीर घाइते भएका थिए । घाइते खत्रीको सोमबार राति लुम्बिनी प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

कुटपिटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान