अर्घाखाँचीमा आँखा उपचार केन्द्र संचालन

अर्घाखाँची । अर्घाखाँचीमा पालिका स्तरमा पहिलो पटक छत्रदेव गाउँपालिकामा प्राथामिक आँखा उपचार केन्द्र संचालनमा आएको छ ।संविधान दिवसको अवसर पारेर गाउँपालिकाको वडा नम्बर २ बल्कोटमा बुधबारदेखि संचालनमा आएको छत्रदेव प्राथामिक आँखा उपचार केन्द्रको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गरेका छन।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आँखा सम्बन्धी सामन्य समस्या भए पनि सन्धिखर्क र गुल्मी जाने समस्या हटने उनको भनाइ छ। ८ वटा वडा लाई लक्षीत गरेर संचालन गरेको बताए। गाउँमै सेवा प्राप्त गर्दा बिरामीको पैसा पनि बचत हुने समयको बचत पनि हुने बताए ।

त्यहाँ खटीने चिकित्सकलाई पालिकाले तलब प्रदान गर्ने भएको छ ।यस्तै माइनर अपरेसन पनि हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिए।नेपाल नेत्र ज्योती संघ अर्घाखाँचीले केहि आँखा सम्बन्धी मेडिकल सामग्री हस्तान्तरण गरेको प्रमुख प्रशासकिय अधिकृत पन्थले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनी पन्थी,स्वास्थ्य शाखा प्रमुख बुद्वीराम न्यौपाने,गाउँपालिकाकी पुर्व उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरे लगायतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त