जिप्रका धनुषाद्वारा सवारी पास रद्द

जनकपुरधाम । लकडाउन अवधिमा आवागमन गर्न जारी गरिएको सवारी पास जिल्ला प्रशासन कार्यालय धनुषाले रद्द गरेको छ । अनावश्यक व्यक्तिहरुलाई पास दिएको भने देशभरिका जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुको अहिले आलोचना भइरहेको बेला रद्द गरिएको छ ।

कारोनो भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउन अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर गरिएको आदेशको क्रममा अत्यावश्यक सेवा प्रदान गर्ने संघसंस्था व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा सवारी पास जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले गृहमन्त्रालयको सवारी साधन अनुमति पत्र कार्र्यिवधि २०७६ बमोजिम स्वास्थ्य संस्था, एम्बुलेन्स, शववाहन, दमकल र प्रेस पास संचारकर्मी लगायतका व्यक्ति तथा संघ संस्थाका लागि सवारी आवश्यक नपर्ने भनी सूचना जारी गरेको छ ।

सूचना अनुसार कुटनितिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्था, झण्डावाल सवारी, स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, फर्र्मािसस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि ढुवानी, उत्पादन, विक्री वितरणमा कार्यरत जनशक्तिलाई पनि सवारी पास नचाहिने भएको छ ।

त्यस्तै खानेपानीको मरम्मत सम्भार, वितरणमा संलग्न जनशक्ति, फोहरमैलामा व्यवस्थापनमा परिचालित जनशक्ति, ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति र अत्यावश्यक सेवा तथा वस्तु ढुवानी गर्ने मालवाहक सवारी साधनलाई पनि सवारी पास अनिवार्यता गरिएको छैन । अरुको हकमा कडाई गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ