बझाङको छबिसमा एक जनाको खुकुरी प्रहार गरी हत्या

बझाङ । बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

शुक्रबार साँझ ७: ३० बजे हत्या गरि फरार भएको स्थानीय मिन बहादुर मण्डेलले बताएका छन् । उनका अनुसार सामान्य बोलचाल हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

सामान्य विबादका कारण उक्त घटना उत्पन्न भएको प्रहरिले जनाएको छ । माद क पदार्थ सेवन गरे घटना घटेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धान बाट खुलेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ बाट ईन्सपेटर दिपेश चाैधरिकाे कमान्डमा प्रहरी टाेलि घटना स्थलमा खटिएकाे छ । घटना ’bout थप अनुसन्धान भै रहेकाे प्रहरीले जनाएको छ ।

खुकुरि प्रहार गर्ने ब्याक्ति फरार रहेका छन् । उनकाे खाेजि कार्य प्रहरी ले गरि रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चाैधरिले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)