सिम्रन र राजनको स्वरमा ‘पारी ठूली भीर’ सार्वजनिक

काठमाडौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।

नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ ।

सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी