लहान । सिरहाको लहानमा स्थानीय युवाहरुले लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई खाद्यान्न वितरण गरेको छ । लहान नगरपालिका–८ वडाअध्यक्ष विजयकुमार महतोले दिएको सूचनाको आधारमा अति प्रभावित लहान–८ का पासवान टोल, मण्डल टोल र डिह्बारथान टोलको विभिन्न स्थानमा बसोबास गर्ने धनिलाल सदाय, रामदेव पासवान, फुलोदेवी रायलगायत १०५ घर परिवारलाई घरमै पुगेर विद्यार्थी बिनोद यादव, निलेश यादव, लहान सिटी, जेसिस वर्ष २०१९ का अध्यक्ष राजु मण्डल, समाजसेवी प्रेम महतो, व्यापारी विकाश राय र मेडिकल सेल्स अफिसर मोहन सिंहलगायतका युवाहरुले संयुक्त रुपमा आफ्नै आर्थिक सहयोगमा करिब एक लाख बराबरको खाद्यन्न वितरण गरेको वडा अध्यक्ष महतोले जानकारी दिएका छन् ।
उनक अनुसार ५ किलो चामल, आधि किलो दाल, २ किलो ५०० ग्राम आलु, १ किलो नुन १ किलो , स्वयाविन ३०० ग्राम,खाने तेल २०० ग्राम ,दालमोट १०० ग्राम,भुजा ४०० ग्राम,चाउचाउ ५र५ पिस,साबुन १–१ पिस, अदुवा, लसुन, खुर्सानी २५० ग्राम, धुलो खुर्सानी १०० ग्राम, तरकारी २ केजी वितरण गरिएको हो ।
सरकारले कोरोना भाइरसको महामारीबाट बच्न गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न, ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा दाता हरुले खाद्यान्न वितरण गरेको अध्यक्ष महतोको भनाइ छ ।
राहत वितरण गर्ने क्रममा युवादाताहरु संगै वडा अध्यक्ष विजय कुमार महतो, संचारकर्मी जिवछ उदासी, मनिलाल विश्वकर्मा र सुभेन्द्र दास को पनि उपस्तिथी रहेको थियो । लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारहरु खाद्यान्न पाउदा अलि राहत महसुस भएको सुनाउदै सहयोगी सम्पूर्ण युवा तथा वडा अध्यक्षलाई धन्यवाद दिएका छन् ।