वीरगन्जमा पनि धार्मिक सद्भाव -याली

वीरगन्ज । आपसी सद्भाव अझ प्रगाढ बनाउन वीरगन्जमा बृहत सद्भाव -याली निकालिएको छ । सधैं एकताबद्ध भएर बसेको वीरगन्जवासी समाजमा बाहिरका बिषय जोडेर कसैले धार्मिक सद्भावमा बिचलन ल्याउन खोज्नेहरुबाट सचेत रहन भन्दै वीरगन्जमा सोमबार सद्भाव -याली निकालिएको हो ।

वीरगन्ज महानगरपालिकाको आयोजना र स्थानीयको समन्वयमा आदर्शनगरको स्वीमिङ्ग पुल परिसरबाट -याली निकालिएको छ । -याली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभा गर्दै -याली टुँगिएको छ । कोणसभामा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले समाजमा विभेदको बीउ कसैले पनि रोप्न नहुने संकेत गरे । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र समुदायको एकताबद्धताबाट समाजलाई कसैले भाँड्ने गर्न नहुने उनको सुझाव छ । सामाजिक सञ्जाल तर्फ भएका उच्छृङ्खल गतिविधिको पनि उनले कडा शब्दमा निन्दा गरे ।

बाहिरी हल्लाका भरमा धर्मकै नाममा समाजमा हिंसा भड्काउन खोज्नेहरूबाट वीरगन्जवासी सचेत रहन पर्ने वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि बताए । एक आपसमा मिलेर बसेका हामी नागरिकलाई कसैले भड्काउन खोजे सबैको सहकार्यले त्यसलाई निस्तेज पार्नु पर्ने उनको सुझाव छ । नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी धार्मिक सहिष्णुता विगार्ने र शान्ति प्रक्रियामा खलल पु-याउने प्रति सबै चनाखो हुनु पर्ने बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल मार्फत याहँका अगुवा बुद्धिजिबी लगायतले गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।

गएको बिहिबार सर्लाहीमा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच भएको घटना पश्चात वीरगन्जमा पनि धमिलो पानीमा माछा मार्न खोज्नेहरुले आम सर्वसाधारणलाई धार्मिक पक्ष विपक्ष बनाएर उक्साइरहेको महानगरको ठम्याई छ । यस्ता कुराबाट समाजको सद्भाव टुट्नु हुन्न भन्दै यहाँ सद्भाव -याली निकालिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा