तपाईं दुनियाँ, हामी राउटे

भक्तबहादुर शाही

नेपालको भ्रमणशील एक मात्र समुदाय हो, राउटे जाति । लोपोन्मुख जातिको नाममा सुचीकृत भएको यो जाति एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई बिरामी हुने डर एक महिनापछि छोडेर जाने यो जातिको चलन नै हो । तर, परम्पराले गर्दा राउटे फिरन्ते र भ्रमणशील भएका हुन् भन्ने कतिपय मानिसको बुझाइ छ । राउटेमा परम्परामा कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने चलन छ । त्यो ठाउँ आफ्नो जातिलाई खानु नभएको मरेको भोलिपल्टै ठाउँ छोड्ने संस्कारले गर्दा फिरन्ते भएको हुनसक्ने कतिपयले अड्कल गर्ने गरेका छन् । कतिपयले त एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि नपाइने, काठका बनाएका कोशी, मधुश, आरी र खाटले बजार नपाइने हुँदा राउटे एक ठाउँ हुँदै अर्को ठाउँ सर्ने गरेको आँकलन गर्दछन् ।

नेपालका राजनीतिले नेपालमा गरिबी, बेरोजगारी, वर्गलाई विकासको बाधक माने झैं यो समुदायले तीनवटा कुरा महाशत्रु ठानेको छ । ती हुन्, स्थायी बसोबास, खेतीपाती, लेखपढ । समय परिवर्तनसँगै राउटे अन्य कुरालाई स्वीकार गरेका छन् । तर, तीन कुरा भने आफ्नो संस्कार विरोध नै हुन भनेर ठकुवा गर्दछन् यो समुदायका अगुवा । ‘तपाई हामीलाई घरगृहस्तीमा लाग्न भन्नुहुन्छ । खेतीपाती लेखपढ स्थायी बसोबास गर्नाले धेरै दुःख हुने त्यो समुदायको बुझाइ रहेको छ । मेरो जनताले यस्तो कुरा सुन्यो भन्या रुन थाल्छ ।’ तत्कालीन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले यी कुरा राख्दा काठमाडौं पुगेका राउटे अगुवाले अस्वीकार गरेका थिए । तत्कालिन समयमा काठमाडौंलगायत देशका अन्य सहरमा र जातजातिका नाममा आत्मनिर्णयसहितको अधिकार खोजिरहेका बेला राउटे समुदाय ‘कन्टेम्पोररी भिजन’ नेपालको सहयोगमा आफ्ना माग राख्न २०६५ पुस २१ देखि २४ सम्म ती जातिले नेपाल सरकारका उच्चपदाधिकारीसँग भेट गरी निस्फिक्रि जंगल घुम्न पाउने, कुकाठ काट्न पाउने माग राखेका थिए ।

गैरराउटेभन्दा राउटेलाई प्राकृतिक ज्ञानको भण्डार छ । यो जातिले कुन सिजनमा कहाँ जाने कस्तो ठाउँमा बसोबास गर्ने सबै कुरा ख्याल गर्छ र त स्वास्थ्य संस्थामा नगएर जडीबुटीले नै चोटपटक बिरामी परेकालाई निको पार्छन् । जंगलमै कन्दमुल खाएर जीवन निर्वाह गर्ने जाति जडीबुटीसँग अधिक विश्वास राख्छन् । त्यही विश्वासले गर्दा नै हो । राउटेको पछिल्लो पटक संख्या घटदै गइरहेको छ । यसमा बाधक सरकार हो कि राउटेको सस्कार ? यो सम्बन्धी बहस हुनु जरुरी छ हुनुपर्छ । नेपाल सरकारले लोपोन्मुख जातिलाई बेवास्ता गरेकाले जनसंख्या घटदै गइरहेको हो वा उनीहरूको परम्पराले गर्दा नै हो । अन्य यो यसको उत्तर खोजिनुपर्छ । दक्षिण एसियाको एकमात्र भ्रमणशील समुदायको स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुरामा सरकारी पहल र चासो छैन । देश संघीयतामा गइसकेको छ । आजभोलि हरेक स्थानीय निकायमा सिमांकन’bout छलफल र वादविवाद भइरहेका छन् । कतिपय ठाउँमा सिमांकन समस्या सुल्झिएको छ भने कुनै ठाउँमा कायमै छ । संघीय राज्यमा राउटे’bout कस्तो राज्य चाहिन्छ । उनीहरूले कस्तो राज्य खोजिरहेका छन् ।

संघीय राज्य सञ्चालन हुँदा ती राज्यमा यो समुदायको हक अधिकार कस्तो हुने, के गर्न पाउने के नपाउने बहस चर्चा हुनुपर्छ । कि उनीहरूले अहिले जे गरिहेका छन् त्यस्तै अवस्थामा चल्न दिने हो । यदि त्यस्तो हो भने दिनप्रतिदिन राष्ट्रिय वन सामुदायिकमा हस्तान्तरण हुँदै गइरहेका छन् । उनीहरूले कहाँ कुकाठ काटेर जीविका चलाउने, रूख नकाटे हामीहरूको काल आउँछ भन्ने ती समुदायलाई कस्तो वनक्षेत्र हस्तान्तरण गर्ने आदि कुरा सदनमा छलफल हुनुपर्छ । मानवशास्त्री, अर्थशास्त्री, संस्कृतिविद्, विद्वानलगायतका उच्चस्तरीय समिति गठन गरी उनीहरूको हक अधिकार, क्षेत्राधिकार निर्धारण हुनपर्छ । नेपालमै बस्छन् संस्कारविपरीत हुने भएकाले नागरिकता लिन मान्दैनन् । त्यो समस्या कसरी समाधान गर्ने अन्तराष्ट्रिय कानुनको के भन्छ, परम्परा र संस्कार नखलबलिने कसरी जिउने बचाउने खोजी हुन जरुरी देखिन्छ । पछिल्लोपटक केही गैरसरकारी संघसंस्थाले आफ्नो काम पूरा गर्नका लागि उनीहरूको सुर्ती श्यामबहार, चुरोट र मदिराले गर्दा बानी बिगारेका छन् । राउटे समुदायले उत्पादन गरेका भाँडाकुडाको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजार खोजी गरिनुपर्छ । सुदूरपश्चिमका केही जिल्ला र मध्यपश्चिमका १५ जिल्लाका जंगलमा बसोबास गर्दै आएका यी जातिको दुईवटा ठाउँमा राउटे संग्राहलय बनाउँदा राम्रो देखिन्छ ।

नेपालका अधिकांश मानिसले राउटे’bout देखे सुने पनि उनीहरूको विशिष्ट पहिचान लिन नसकेकाले पहिचान नमेटिन दिनका मध्यपश्चिमका दुई ठाउँमा राउटे संग्रालय बनाउनु उनीहरूका लागि हितकर देखिन्छ । जसले गर्दा आन्तरिक वा बाह्य पर्यटकले राउटेको ’bout सजिलै जानकारी लिऊन् । इतिहास बचोस् । स्वास्थ्य कम चासो शिक्षालाई शत्रु ठान्ने यो जातिमा घुम्ती शिक्षा, स्वास्थ्य सरकारले तत्काल सञ्चालन गनुपर्छ । दिनमा कुकाठ बिक्री र काम गर्न जाने भएकाले बेलुकापख राउटे वस्तीमा खानपान, शिक्षा र जनचेतनाको सोलार सिनेमामार्फत ज्ञानका कुरा सिकाउनुपर्छ । तीनवटा हतियार जस्तै बञ्चरो, बासिला र छिनुलगायतले काठका भाँडाकुडा बनाउने भएकाले सजिलोको लागि अन्य हतियार सरकारले उपलब्ध गराउनुपर्ने देखिन्छ । सधैं काशी, आरी खाट, झुमा मात्र सामग्री बनाउने हुँदा अन्य काठका भाँडाकुडा बनाउने तालिम दिएमा जीविकोपार्जनमा त्यति दुःख नहुने देखिन्छ ।

नेपाल सरकारले दिंदै आएको लोपोन्मुख भत्ता’bout संघीय राज्यमा कसरी उपलब्ध गराउने किटानी गरिनुपर्छ । यो जाति प्राचीन आदिवासी भएकाले अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहल गर्नुपर्छ । राज्यको निगरानी भइरहन जरुरी छ । एक आपसमा गोप्यता छैन, धनसम्पत्ति लुकाउने लोभ छैन, जातीय विभेद छैन, वर्गीय विभाजन छैन, यस्तो विशिष्ट संस्कार कसरी जोगाउने चासो सरकारलाई हुनुपर्छ । गैरराउटेलाई राउटेले दुनियाँ भनेर चिन्दछ भने आफूलाई वनको राजा भन्न रुचाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 1,027 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्डलाई रवि : ‘निल्नु न ओकल्नु’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी