सुरा, सुन्दरी र सेक्स

काठमाडौंका कामदेव (नाम परिवर्तन) एक २१ वर्षीय युवक हुन् । १६ वर्षको उमेरदेखि नै उनी सुरा, सुन्दरी र सेक्सको जालमा यसरी परेकी उनले १० कक्षा पनि पास गर्न सकेनन् । अहिले उनको दैनिक कार्य भनेको नै चोरेर होस् वा बेचेर होस्, ड्रग्स खाने तथा सेक्स पार्टनर खोज्ने भएको छ । तर, सुरा, सुन्दरी र सेक्सको चक्करले उनको जीवन नै बर्बाद भएको छ । यसैगरी, कामिनी (नाम परिवर्तन), उमेर ३५ वर्ष । आर्थिक स्थिति कमजोर भएको र पति विदेश भएकाले उनी पनि सुरा, सुन्दरी (यहाँ सुन्दरी भन्नाले स्त्रीलिङ्ग तथा पुलिङ्ग दुवैलाई जनाउँछ) र सेक्सको संसारमा यसरी फसेकी छन् कि उनलाई समाजिक मर्यादाको समेत कुनै हेक्का छैन । उनले पनि घरमै केटा ल्याएर सुरा र सेक्समा रमाउने गर्छिन् । उनको यस्तो क्रियाकलापले उनका छोराछोरीहरूमा कस्तो असर पर्ला भन्नेसमेत उनले हेक्का राखेकी छैनन् ।

युवा मात्र होइनन् अधिकांश विवाहित पुरुषसमेत अन्य स्त्रीसँग यौनसम्पर्क गर्न सधैं लालयित रहन्छन् । कतिपय यस्ता मानिस यसैको खोजीमा हुन्छन् । तर, विवाहित महिलाको कुरा गर्ने हो भने पतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेका, मोजमस्ती गर्न पराउने तथा आर्थिक स्थिति कमजोर भएका कतिपय महिलाले परपुरुषसँग यौनसम्पर्क राख्ने गरेको देखिन्छ ।

एकपटक महान् साहित्यकार बर्नाड शाले एक पार्टीमा एक अत्यन्तै सुन्दरी महिलालाई ठट्यौली पारामा भनेछन्, ‘के तपाई मसँग एक रात बिताउन चाहनुहुन्छ ?’ बनार्ड शाको कुरा सुनेर ती सुन्दरी महिलाले भनिछिन्, ‘एक विवाहित महिलालाई यस्तो प्रस्ताव राख्न तपाईं सर्म लाग्दैन ।’ सो महिलाको कुरा सुनेर बनार्ड शाले पुनः भनेछन्, ‘होइन, म तपाईं सय डलर दिन तयार छु ।’ बनार्ड शाको बोली भुइँमा खस्न नपाउँदै ती महिलाले शालाई हकार्दै भनेछिन्, ‘के तपाईलाई मलाई वेश्या सम्झनु भएको छ ?’ शाले महिलाको कुरा काट्दै भनेछन्, ‘सय डलर थोरै भयो भने म तपाईंका लागि १ लाख डलर खर्च गर्न पनि तयार छु ।’ शाको यस्तो प्रस्ताव सुनेपछि ती महिलाले भनिछिन्, ‘मलाई एक छिन् सोच्न दिनुहोस् ।’ ‘किन धेरै सोच्नुप¥यो र ? १ लाख होइन, म तपाईलाई १० लाख डलर दिन तयार छु ।’ शाले पुनः ठुलो धनराशिको प्रस्ताव राख्दै भनेछन् । शाको यस्तो प्रस्ताव कानमा पर्नासाथ ती महिला मुसुक्क हाँसिछन् ।

मानिसको मस्तिष्कमा विद्यमान लिम्बिक प्रणालीले कामुक इच्छा, कामोत्तेजना, यौन सक्रियता तथा सहवासको प्रक्रियालाई नियम र नियन्त्रण गर्छ

कामदेव र कामिनीको मात्र कुरा होइन, युवायुवतीको कुरा मात्र पनि होइन, किशोरकिशोरदेखि वृद्धसम्मका मानिसका लागि पनि हिजोदेखि नै सुरा, सुन्दरी र सेक्स प्रमुख आकर्षणको केन्द्र भएको छ । तर, बढ्दो सहरीकरण, सहरकेन्द्रित बसाइ तथा मोबाइल फोन, च्यानलन टीभी र इन्टरनेटले गर्दा पनि नेपाली समाजमा समेत यौन उन्मत्ता बढ्दै गएको छ । हो, सेक्स प्राकृतिक कुरा हो । हरेक सामान्य मानिसमा सेक्सको चाहना हुने गर्छ । अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञ यस कुरामा सहमत छन् कि मानिसमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रूपमा मौजुत हुन्छ ।

यस्तो यौन ऊर्जा युवाकालमा निकै बलवती हुने गर्छ । विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणका अनुसार युवामा यौनसम्बन्धी आर्कषण निकै तीव्र हुन्छ । यस्ता युवक कन्डम या अन्य कुनै गर्भ निरोधक उपायबिना नै यौन सम्र्पक मन पराउँछन् । कतिपय युवतीको इच्छा पनि यस्तै हुन्छ । यस्तो असुरक्षित यौन सम्र्पकबाट थुप्रै समस्या देखापर्छन् । मानिस एचआइभी–एड्सको सिकारसमेत हुने गर्छन् ।

मानिसको मस्तिष्कमा विद्यमान लिम्बिक प्रणालीले कामुक इच्छा, कामोत्तेजना, यौन सक्रियता तथा सहवासको प्रक्रियालाई नियम र नियन्त्रण गर्ने कार्य गर्छ । जब स्त्रीपुरुष एकअर्काप्रति आकर्षित हुन्छन्, त्यसबेला टेस्टोस्टरेन तथा फेनिलथैलामाइनजस्ता हार्मोन निष्कासन हुन्छन् । टेस्टोस्टरेनलाई पुरुष हार्मोन भनिन्छ । यो हार्मोनले सेक्स चाहना जगाउन तथा यौनांगलाई उत्तेजित बनाउने कार्य गर्छ । यो हार्मोनले नै स्त्रीपुरुषलाई सहवासका लागि उत्साहित तुल्याउँछ भने फेनिलाथैलामाइनले मुडलाई नियन्त्रित गर्छ । यसका साथ यौन प्रक्रियाको बेलामा एन्डोर्फिन, अक्सिटोसिनजस्ता हार्मोन पनि निष्कासन हुने गर्छन् । कामुक वातावरणमा आलिंगन, चुम्बन तथा स्तन मर्दन गर्दा वा यौनांग खेलाउँदा एन्डोर्फिन निष्कासन हुने गर्छ । यो हार्मोनले प्रसन्नता तथा रोमाञ्चकता पैदा गर्छ भने अक्सिटोसिन कामवासनाका लागि सिधा रूपमा जिम्मेवार हुन्छ ।

प्रकृतिले वनस्पति तथा पशुपंक्षीलाई विशेष ऋतुमा मात्र ‘यौन’ (सेक्स)प्रति क्रियाशील बनाउँछ । जबकि, मानिसलाई ऋतुको छेकबार छैन । मानिस प्रत्येक ऋतुमा ‘यौन क्रिडा’मा सक्रिय रहन सक्छ । सम्भवतः यसैकारणले गर्दा नै ‘सेक्स’ अधिकांश मानिसका लागि समस्या बन्ने गरेको छ । त्यो ’cause यौन भावनाले मानिसलाई सकरात्मक दिशा पनि दिन सक्छ, मानिसलाई पथभ्रष्ट पनि पार्न सक्छ । हुन पनि एउटा जवान व्यक्ति शारीरिक शक्तिले यति ऊर्जावान् हुन्छ कि त्यो शक्तिको अभिव्यक्ति शारीरिक काम–क्रियाद्वारा प्रदर्शित गर्ने प्रयत्न गर्छ । तर, उसलाई यो अवगत हुनु जरुरी छ कि कामक्रियाको ऊर्जा ऊध्र्वगामी छ कि अधोगामी, ऋणात्मक छ कि धनात्मक ।

एक जना मानिस म¥यो । पत्नीलाई पतिको ज्यादै चिन्ता लाग्यो । अनि उनी स्वर्गमा पतिको हालखबर बुझ्न प्रेतात्मा बकाउने एक धामी कहाँ गइन् । धामीले मन्त्र पढ्दै ढ्याङ्ग्रो ठोक्न थाल्यो । हेर हेर भन्दै हल्लिन थाल्यो । अनि उसको मुखबाट आवाज आयो, सौन्दर्या, तिमी सन्चै छ्यौ ? पत्नी हतपत बोलिन, मलाई त बिल्कुल ठिक छ, बरु हजुरलाई कस्तो छ ? पतिले भन्यो, मलाई पनि ठिक छ, म यहाँ निकै आनन्द छु । यहाँ त चारैतिर हरियाली नै हरियाली छ । रुखहरू छन् । माथि पहाडबाट झरझर झरेको खोला छ । हरियो चौर छ । चौरमा गाईहरू चरिरहेका छन् । पत्नी बोलिन्, गाई–साईको कुरा छोडिदिनुहोस्, बरु पहिला राम्रोसँग स्वर्ग’bout बताउनुहोस् न ? तर, उसले पत्नीको कुरै नसुनी अगाडि भन्यो, थाहा छ तिमीलाई ? मेरो नजिकै एउटी सुन्दर गाई छिन्, निकै सुन्दर, करिश्मा मानन्धरभन्दा पनि सुन्दर गाई छिन् । पतिको कुरा सुनेर पत्नी रिसाउँदै बोलिन्, तपाईंको दिमाग भ्रष्ट त भएको छैन ? अरे, स्वर्गवासी भएर पनि तपाईंले होइन कहाँको कुरा गरिरहनुभएको छ ? पत्नीको कुरा सुनेर पति बोल्यो, होइन, तिमीलाई कसले भन्यो कि म स्वर्गमा आएको छु भनेर ? अरे, म त साँढे भएर चरेको जंगलमा पो छु । मेरो नजिकै यहाँ क्या सुन्दर एउटी गाई खडा छिन् । मेरो मुखबाट ¥याल चुहिरहेको छ । यस्तो बेलामा पनि तिमीले स्वर्गको कुरा गरिरहेको छ्यौ ? स्वर्गलाई गोली मार, घर जाऊ । म त गए गाईको पछिपछि ।

सेक्स अहिलेको समस्या होइन, उहिलेदेखिको समस्या हो । सृष्टिको आरम्भदेखि नै विशेष गरेर पुरुषस्त्रीको यौवन, रूप, सौन्दर्य तथा आर्कषणमा लठ्ठ हुँुदै आएको छ । त्यसैले सौन्दर्यको भोग गर्न जघन्यभन्दा जघन्य अपराध गर्दै आएको छ । अनेकौंपटक आफ्नो अनुहार कालो बनाएको छ । सामान्य मानिसको त कुरा के गर्ने कतिपय देवतासमेत सेक्सबाट पथभ्रष्ट भएका छन् । हिन्दूका सृष्ट्रिकर्ता ब्रह्मा काम अन्धो भएर आफ्नै छोरी, सरस्वतीमाथि गिद्दे दृष्टि हालेका छन् । भनिन्छ, बह्माबाट सरस्वतीको शील रक्षा गर्न शिवलाई ठुलो कसरत गर्नुपरेको थियो । सृष्टिका पालनकर्ता विष्णुले जलन्धरको भेषमा जलन्धरकी रानी वृन्दाको सतित्व लुटेका थिए । इन्द्रले अहिल्या तथा सूर्यले कुन्तीको कौमार्य तोडिदिएका थिए । त्यसैगरी, चन्द्रले आफ्नै गुरु बृहस्पतिकी पत्नी ताराको सतित्व भंग गरिदिएका थिए । यस्ता यौन कुकृत्यका फेहरिस्त निकै लामो छ ।

यौन ऊर्जा रूपान्तरण गर्ने कला जानेको मानिस साहसी, बलवान्, आत्मविश्वासिलो र आँटिलो हुन्छ

सेक्स एउटा मनोभावले एक समस्या हो, मानिसका लागि ठुलो समस्या तर अर्को मनोभावले यो परमानन्द पनि हो । त्यो ’cause निर्मल प्रेमपूर्ण अंगालोको यौन क्रिडाले मानिसलाई परम आनन्दित बनाउँदछ । स्त्रीपुरुष, दुवैलाई स्वर्गीय सुख दिलाउँछ । वास्तवमा उध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो । त्यसैले भन्न सकिन्छ, उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिस शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ । र, नै मानिस महान् बन्छ । इतिहास साक्षी छ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व उच्च यौनशक्तिले परिपूर्ण थिए, तर उनी कहिल्यै यौन–उन्मादको सिकार भएनन् । बरु उनीहरूले त्यो उच्च यौनशक्तिलाई ऊध्र्वगामी ऊर्जामा रूपान्तरण गरी लाभार्थी भए ।

यस प्रसंगमा विचारक नेपोलियन हिल लेख्छन्, ‘यहाँ म केही यस्ता महान् तथा प्रतिष्ठित नाम उल्लेख गरेको छु । जसले यौनभावनाको ऊर्जालाई रूपान्तरण गरी अद्भूत शक्ति पाए र विश्वविख्यात भए । ती केही नाम यस प्रकार छन्, राल्फ वाल्डो इमर्सन, बेन्जामिन फ्रैंकलिन, रोवर्ट बन्र्स, इनरिको कैरूसो, थामस जैफर्सन, अल्बर्ट हुब्बर्ड, अब्राहम लिंकन, एन्डु ज्याक्सन, जोन पिटरसन तथा विलियम सेक्सपियर इत्यादि ।’ त्यसैले यौन भावनाको ऊर्जाको ऊध्र्वगामी रूपान्तरणले निम्न तथ्य पुष्टि गरेको छ ।

यस्ता मानिसले नै ठुलाठुला सफलता प्राप्त गर्छन्, जोसँग उच्च विकसित ‘यौनभावना’ छ । र, त्यो भावनालाई ऊध्र्वगामी ऊर्जामा रूपान्तरण गर्ने कला थाहा छ ।

कला–साहित्य, उद्योग–व्यावसाय, चिकित्सा–परामर्श तथा खेलकुद–राजनीति इत्यादि कुनै पनि क्षेत्रमा विशिष्ट सफलताका लागि स्त्रीको ठुलो हात हुन्छ । स्त्री–पुरुष, दुवैको आपसी प्रेम, सद्भाव र यौन ऊर्जाको ऊध्र्वगामी रूपान्तरणको कलाले नै एकअर्कालाई सफलताको शिखरमा पु¥याउँछ ।

पुरूषको प्रेममा भन्दा पनि स्त्रीको प्रेममा झनै बढी आकर्षण हुन्छ, झनै बढी शक्ति हुन्छ । त्यसैले नै ६० वर्षको बुढोले पनि आफ्नी श्रीमती वा प्रेमिकालाई खुसी पार्न, सुखी पार्न दाम कमाउन चाहन्छ, नाम कमाउन चाहन्छ । त्यसैले भन्न सकिन्छ, ‘प्रेम रसमा नै यो संसार टिकेको छ । प्रेम र यौन रूपान्तरणको ऊर्जाभित्र सफलताको राज लुकेको छ । त्यसैले त अंग्रेजी लेखक एम्मेट फक्सले भनेका नै छन्, ‘यदि तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौं ।’ हुन पनि हो, जसले सेक्स अर्थात् यौन ऊर्जा रूपान्तरण गर्ने कला जानेको छ, ऊ साहसी हुन्छ, बलवान् हुन्छ, जोखिम लिन सक्ने पनि हुन्छ, आत्मविश्वासले परिपूर्ण हुन्छ । ऊ एकदमै आँटिलो र दरिलो हुन्छ । त्यसैले प्रत्येक कार्यमा ऊ सफल हुन्छ, विजयी हुन्छ ।

त्यसैले यौन भावनाको ऊर्जालाई ध्यानमा राखेर सफलताको सन्दर्भमा भन्न सकिन्छ, ‘जब तपाईंको मस्तिष्कको नसानसामा सफलता चेतनाको छाल उर्लिन्छ । र, त्यो छालमा तपाईंकी प्रेमी वा प्रेमिकाको ओठको मिठो स्पर्श हुन्छ र त्यो स्पर्शलाई तपाईंले उध्र्वगामी बनाउन सक्नुभयो भने सम्झनुहोस्, सफलताको दौडमा तपार्इंको जित निश्चित छ ।’ त्यसैले महिला–पुरुष सबैले उपर्युक्त तथ्य बुझौं, एकअर्कालाई साँचो पे्रम गरौं, सुरा, सुन्दरी र सेक्सप्रति आसक्त हुनबाट बचौं, एक खुसीयाली र सुखियाली सफल जीवन बाँचौं ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ