सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको चार सदस्यीय टिममा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी सहकुल थापा रहेको बताइएको छ । संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ