काठमाडौं । राजधानी दैनिकमा २०८० साउन ६ गतेका दिन ‘सेनामा कानुनतर्फका तीन कर्णेलको मनपरी’ शीर्षकमा र त्यसलगत्तै अनलाइनमा समेत सम्प्रेषण भएको समाचारप्रति बिना प्रतिक्रिया र बिना टिप्पर्णी सम्बन्धित साम्ब राज अर्यालको खण्डन स्पष्टसँग बुझिने गरी जस्तोको त्यस्तै सम्प्रेसित गरिएको छ ।
विषय : प्रतिक्रिया सम्बन्धमा
मिति : २०८०-०४-०६ गते शनिबारका दिन राजधानी दैनिकमा पत्रिकामा ‘सेनामा कानुनतर्फका तीन कर्णेलको मनपरी’ शीर्षकमा र त्यस लगत्तै अनलाइनमा समेत समाचार प्रकाशित भएर आएको (अनलाइनमा सुरुमा पत्रकारको नाम समेत रहेकोमा सो नाम पछि तुरुन्तै हटाइएको) व्यहोरा समेत अवगत गराउँदछु । तसर्थ सो समाचारको सम्बन्धमा निम्न लिखत प्रतिकृयाहरु सोही पत्रिकामार्फत् क्षमायाचना गरी गराई प्रकाशित गराई दिनु हुनसमेत सादर अनुरोध गर्दछु ।
उक्त समाचारमा हुँदै नभएका मेरा नितान्त व्यक्तिगत कुराहरु गलत रुपमा ल्याई नेपाली सेना जस्तो गरिमामय पबित्र संस्थाको नाम समेत अनावश्यक रुपमा जोडी प्रकाशित समाचार र त्यसको शीर्षकबाट आम जनमानसमा भ्रम सिर्जना भएको छ । मेरो अनुमति बिना मेरो व्यक्तिगत फोटो समेत आफूखुशी प्रयोग गरी समाचारको सत्य तथ्यका ’boutमा नबुझी आधार प्रमाण बिना एकतर्फी रुपमा कपोकल्पित समाचार प्रकाशन भएकोले सो गलत समाचारद्वारा मेरो व्यक्तिगत चरित्रहत्या भएको महसुस भएको छ ।
उक्त समाचारबाट म एक कर्तव्यनिष्ठ राष्ट्रसेवक विरुद्ध आम जनमानस, संस्था, घरपरिवार तथा समाजमा समेत गलत रुपमा भ्रम पैदा भएकोले उक्त प्रकाशित समाचारमा कुनै पनि कुराको सत्यता नभएकोले प्रकाशित सो समाचार उपर सोही पत्रिकामार्फत क्षमायाचना गरी अब आइन्दा त्यस्तो अपुष्टि एवम् गलत समाचार नछापिने र व्यक्तिलाई हुन सक्ने अपुरणीय क्षति हुन नदिने प्रण गर्दै तुरुन्तै प्रष्टिकण वा खण्डन छपाई दिनु हुन सादर अनुरोध गर्दछु ।
साम्ब राज अर्याल






