काठमाडौं । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ ।
राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य (एसडिजी) कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताए ।
उनले राष्ट्रसङ्घीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र होइन, साझेदारी र ऐक्यबद्धतामार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उनको भनाइ थियो ।
स्थायी प्रतिनिधि थापाले आज गरिने निर्णयहरूले आगामी पुस्ताका लागि प्रभावकारी र परिणाममुखी बहुपक्षीय प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अन्तरराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
सारथिले छाडेपछि एमालेमा एक्लिदै छन् ओली
सातवटै प्रदेश सरकार फेरबदलको कसरत
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
१५ दिनको ‘माथापच्ची’पछि प्रधानमन्त्री ‘बोल्न तयार’
प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी
सभामुखकै जोडबलमा विशेषाधिकारसहितको नियमावली
रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
सुकुमवासी र भूमिहीनका नाममा ७० वर्षदेखि राजनीति






