बालिका बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणीको आरोपमा त्रियुगा नगरपालिका– २ जोगिदहका मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत ९ असोजमा त्रियुगा नगरपालिका–२ जोगिदहस्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए । अहिले अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेकोे उनले बताए । सप्तरी निवासी तिवारी पक्राउपछि उनको मेडिकल अहिले बन्द रहेको हाटखोला टोल विकास संस्थाका अध्यक्ष कुमार अधिकारीले बताए । सञ्चालक तिवारीले यसअघि पनि गाउँमा गलत नियत देखाएको गुनासो आएपछि चेतावनी दिएको अध्यक्ष अधिकारीले बताए ।

घटना सार्वजनिक नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणीसमेत भएको छ । २ नम्बर वडाध्यक्ष घमानसिंह खत्री पीडितको उजुरीपछि मेडिकल सञ्चालक तिवारी पक्राउ परेको बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी