समाजवादी मोर्चा छोड्न सक्छौं : महासचिव भुसाल

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले समाजवादी मोर्चा छोड्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुले बुझाएको ध्यानाकर्षण पत्र अनुसार सरकारले काम नगरे समाजवाद स्थापनाका लागि समाजवादी मोर्चा छोड्न सक्ने चेतावनी उनले दिए ।

समाजवादी जागरण अभियान

एकीकृत समाजवादीले सञ्चालन गरिरहेको मेची–महाकाली ‘समाजवादी जागरण अभियान २०८०’ को क्रममा नवलपरासीमा शनिबार आयोजित एक सभालाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो चेतावनी दिएका हुन् ।

‘समाजवाद स्थापना, समृद्धि, सुशासन, रोजगारी लगायतका एजेण्डाको पक्षमा काम गर्नका लागि हामीहरुले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छौं’ महासचिव भुसालले भने, ‘यदी हामीले बुझाएको ध्यानाकर्षण पत्र अनुसार काम गरिएन वा फरक शैलीले हिडन खोजियो, दलाल पुँजीपतीकै पक्षमा लागियो भने समाजवादी मोर्चाबाट हामी बाहिरिन सक्छौं । समाजवाद स्थापनाका लागि हामीले अर्को मोर्चा निर्माण गरेर अगाडी बढन सक्छौं ।’

एमाले अध्यक्ष ओली बाहेकका एमाले नेता, समाजवादी मोर्चामा रहेका चार दल लगायतकासंग सहकार्य गर्दै समाजवाद स्थापनाको लक्ष्य प्राप्त गर्न सकिने उनले बताए । समाजवाद स्थापनाका लागि एकीकृत समाजवादीले जागरण अभियान सूरु गरेको बताउँदै महासचिव भुसालले यो अभियानमा बिस्तारै अन्य दलका साथै नेताहरु गोलबन्द हुने बताए ।

महासचिव भुसालले राजनीतिक पार्टी बिग्रेका कारण नेपालको राजनीति बिग्रेको दाबी समेत गरे । जनताको ठूलो बलिदान, परिश्रम, मेहनतबाट बनेको एमाले दक्षिणपन्थी, अवसरवादी र व्यक्तिवादी नेताको हातमा पुग्दा तहसनहस भएको उनले बताए ।

‘खासगरी राजनीति बिग्रेको २०७४ को आम निर्वाचन पछि हो । उक्त निर्वाचनपछि वा २०७५ को वजेट नयाँ दिशा निर्धारण गर्ने वजेट हुनुपर्ने थियो । तर, त्यो हुन सकेन । हामीले त्यहिबाट यो कुरा मिलेन । हामी सच्चिनुपर्छ भन्दै आएका हौं ।’

उनले अगाडी थपे, ‘त्यो बजेट समृद्धि र समाजवादको आधार तय गर्ने गरी तयार पारौं भनिएको हो । यदि त्यसो गरेको भए पाँच वर्ष, १० वर्षमा आधार तय हुन्थ्यो । १५÷२० वर्षपछि मुलक समावादी मुलुकका रुपमा स्थापना हुन्थ्यो । तर, त्यो सबै काम अधुरा भए । कम्युनिष्ट आन्दोलन छिन्नभिन्न अवस्थामा पुग्यो । पार्टीको नियण, नवौं महाधिवेशनको निर्णय एकातिर थियो । तर, नेतृत्व अर्कैतर्फ । विकास केहो ? भ्युटावर, प्रशान्त महासागरमा पानी जहाज भन्ने खाले नेतृत्व आयो । त्यसपछि सबै बिग्रियो । केपी ओलीका हावा उट्पट्याङ् गफले सबै उडाइदियो । हुँदाहुँदा पार्टीभित्रको विवादलाई दिएर संसद विघटन गर्नुभयो। हमानुमान बोकेर अहोध्या हिड्नुभयो । राजनीति बिग्रेको त्यहिबाट हो । राजनीति बिग्रेपछि अर्थतन्त्र बिग्रियो । आजसम्म बिग्रेकै छ ।’

यसैगरी अभियानको क्रममा आयोजित एक अर्को सभालाई एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्दै जनताहरूले राजनीतिक अधिकार प्राप्त गरेपनि आर्थिक अधिकार प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् ।

‘हामीले पूँजीवादी जनवादी क्रान्ति सफल पार्यौं । बोल्ने, संगठित हुने अधिकार पायौं । तर, जनतालाई हामीले आर्थिक अधिकार दिन सकेनौं । आज देशमा भोकमरी, अभाव बाँकी छ । गरिबी बाँकी छ । शोषणबाँकी छ’ खनालले भने, ‘हिजोको सामान्तवादी शोषणको ठाउँमा आज पूँजीवादी शोषण छ । कोही रातारात केही मान्छेहरू अर्बपति बनिरहेका छन् । तर, आम जनता गरिबीले थिचिरहेका छन् । यहि हो आजको मुख्य अन्तरविरोधको कुरा ।’

वर्गीय शोषणलाई पूँजीवाले अन्त्य गर्न नसक्ने बताउँदै उनले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको स्पष्ट पारेका छन् । ‘वर्गीय शोषण पूँजीवादले अन्त्य गर्न सक्दैन । १८ वर्षदेखि नेपालमा प्रत्यक्ष रुपमा पूँजीवाले शासन गरेको छ । गरिबी उही छ । महिला हिँसा उही छ । बालबालि दुरुपयोग उस्तै छ । भ्रष्टाचार झन्झन् बढिरहेको छ । बेरोजगी उस्तै छ । लाखौ युवाहरू विदेशमा छन् । यस्ता गलत कार्यहरूको अन्त्य गर्ने भनेको समाजवादले हो । समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्ने व्यवस्था भनेको समाजवादले मात्रै हो । आज हामीले प्रयोग गर्ने कपडा, हामी उपभोग गर्ने खाने कुराहरू आयात गरिरहेका छौं । आयातले देश समृद्धि बन्छ ? बन्दैन । त्यसलै हामीले भन्यौं, उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार हो । हामी आत्मनिर्भर बन्नका निम्ति उत्पादनमा जोडिनुपर्छ’ खनालले भने ।

झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान शनिबार रुपन्देही आईपुगेको छ । १४ असोजबाट सुरु भएको अभियान मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी हुदै रुपन्देही पुगेको छ ।

यस क्रममा बिभिन्न ठाउँमा आयोजित कार्यक्रमका बीचमा बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश प्रवेश गर्नेको लहरचलेको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए । ठाउँ ठाउँमा सभाहरु गदै अगाडी बढीरहेको एकीकृत समाजवादीले समाजवाद स्थापना र पार्टीका एजेण्डा एवं अगामी कार्यक्रमको ’boutमा स्पष्ट पार्दै गईरहेको छ । कार्यक्रमका बीचबीचमा बिभिन्न झाक्री, तथा स्थानीय संस्कृतिको प्रस्तुती समेत भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 566 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चक्रघट्टामा जसपाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित