प्रभुको एक्सटेन्सन काउन्टर विराटनगरमा

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यलयमा स्थापित एक्सटेन्सन काउन्टरकोे उद्घाटन विराटनगरका यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख यातायात अधिकृत रविन कार्कीले एक समारोहबीच गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात व्यवस्था सेवा कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको सो बैंकले जनाएको छ । यसबाट प्रभु बैंकको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा आउने सेवाग्राहीलाई राजस्व रकम जम्मा गर्न र यातायात व्यवस्था सेवा कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने सो बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २ सय ८ वटा शाखा कार्यालय, १ सय ५७ वटा एटीएम, ४४ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी