सर्लाही । सर्लाहीमा आफनै बारीमा बाँस काटन गएका एक किशोरको मृत्यु भएको छ ।मृत्यु हुनेमा बसबरीया गाउँपालिका वडा नं. २ मानपुर बस्ने हरि नारायण यादवको १६ वर्षिय छोरा दिपेन्द्र यादव रहेका छन । मृतक किशोर बिहिवार विहान साढे ९ बजे घर नजिक रहेको बारीमा बाँस काटन गएका थिए ।
निकै समय बित्दा पनि घर नफर्केपछी स्थानियहरु खाज्दै जादाँ बाँसको झ्याङमा बेहोस अवस्थामा फेला परेका थिए । बेहोस किशोरलाई उपचारको लागि बरहथवा स्थित एडभान्स संजिवनी होस्पिटलमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
स्थानियहरुले विषालु शर्पको टोकाईबाट किशोरको मृत्यु हुन सक्ने बताए पनि प्रहरीले मृतकको शरिरमा कुनै किसिमको चोटपटक तथा छाप नभएकोले शव परिक्षणपछि मात्र के कति कारणले मृत्यु भएको भन्न सकिने जनाएको छ । मृतक किशोरको शव परिक्षणको लागि जिल्ला अस्पताल मलंगवामा पठाईएको छ । अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवरले जानकारी दिए ।






