प्रयोगमा आएन आईसीयू र भेन्टिलेटर उपकरण

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा आईसीयू (सघन उपचार कक्ष) र भेन्टिलेटर सञ्चालनका लागि दुई बर्षअघि आएका उपकरण र बनेका संरचना अहिलेसम्म पनि प्रयोगमा आएको छैन ।

कोभिड महामारीको समयमा दुई बर्ष पहिले तत्काल सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराएका दुई करोडका उपकरण अहिलेसम्म पनि सञ्चालनमा नआएका हुन् । जिल्ला अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालनका लागि दश शैयाको संरचना पनि तयार छ । तर, दक्ष स्वास्थ्यकर्मीको अभावमा ती उपकरण र संरचना थन्किएका हुन् ।

अस्पतालमा छ थान भेन्टिलेटर मेसिन र दश शैयाको आईसीयू संरचना तयारी अवस्थामा रहेको सूचना अधिकारी नारायण जेशीले बताए । तर, दक्ष स्वास्थ्यकर्मी नहुँदा सञ्चालन गर्न नसकिएको उनको भनाई छ । सूचना अधिकारी जोशीका अनुसार दश शैयाको आईसीयू सञ्चालन गर्न आठ घन्टाको सिफ्टमा ड्युटी व्यवस्थापन गर्दा एनेस्थेजियोलोजिष्ट डाक्टर सहित कम्तिमा ५० जना स्वास्थ्यकर्मीको आवस्यकता पर्छ, जुन जनशक्ति अस्पतालसँग छैनन् । ‘दरबन्दी अत्यन्तै कम खुल्छ’ उनले भने ‘त्यसैले दुर्गम पहाडी क्षेत्रमा आईसीयू सञ्चालन गर्न असम्भव जस्तै छ ।’

जिल्ला अस्पताल पाँचथरका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धिबहादुर थापाका अनुसार सबैभन्दा ठूलो समस्या जनशिक्तकै हो । ‘अहिले हामीसँग एकजना एनेस्थेजियोलोजिष्ट डाक्टर हुनुहुन्छ’ उनले थपे ‘तर, चार महिनापछि उहाँ पनि जाँदै हुनुहुन्छ, आईसीयू सञ्चालन गर्न जनशक्ति नै छैन ।’ उनका अनुसार सुगम क्षेत्र र दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको सेवा–सुबिधा एउटै छ । त्यसैले दुर्गममा स्वास्थ्यकर्मी आउन चाहदैनन् । त्यस्तै उचित सुरक्षाको प्रबन्ध नहुँदा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नपाएका हुन् ।

जिल्ला सदरमुकाम रहेको फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले प्राप्त उपकरण र निर्माण भएका संरचनाको अधिकतम उपयोगका लागि नगरपालिका गम्भिर रहेको बताउछन् । नीति निर्माणको तहबाटै समस्याको समाधान खोज्न प्रयत्न भइरहेको उनको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामराज आङदेम्बेका अनुसार जिल्ला अस्पतालले ५० शैयाको स्वीकृति पाए पनि बिगतकै १५ शैयाको बजेटबाट सञ्चालन गर्नु परेको छ । उपकरण र संरचना भएर पनि आईसीयू सञ्चालन गर्न कडिन देखिएको उनले बताए । यस’bout स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको आङदेम्बेको भनाई छ ।

जिल्ला अस्पताल पाँचथरमा पाँचथरसँगै ताप्लेजुङ र तेह्रथुमको केहि भू–भागका बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् । तर, सिकिस्त अवस्थामा रहेका र गम्भिर प्रकृतिका बिरामीलाई झापा, विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । गत आर्थिक बर्षमा मात्र आकस्मि सेवा लिनुपर्ने ८२ पूरुष र ११० महिला गरी १९२ जनालाई जिल्ला बाहिर रेफर गरिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

कतिपय बिरामीलाई समयमै अस्पताल पु-याउन नसक्दा ज्यान समेत जाने गरेको छ भने दुर्गमका बिरामीको उपचारमा ठूलो धनराशी समेत खर्चिनुपर्ने बाध्यता छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी