विराटनगरमा एक महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाले एकैपटक तीन सन्तानलाई जन्म दिएकी छन् । झापाको गौरीगन्ज गाउँपालिका–४ की २२ वर्षीया रुविना ताजपुरियाले एकैपटक तिम्ल्याहा छोरा जन्माएकी हुन् ।

जन्मिएका दुई बच्चाको तौल १ किलो ६ सय ग्राम छ भने एउटा बच्चाको तौल २ किलो १ सय ग्राम छ । अप्रेसन गरेर तीनवटै बच्चा सकुशल निकालिएको नोबेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीले जानकारी दिइन् । ‘बच्चाहरूको तौल अलिक कम छ, तिम्ल्याहा बच्चा भएकाले तौल कम हुनु स्वाभाविक पनि हो,’ प्रा.डा.सुवेदीले भनिन्, ‘तर, उनीहरूको स्वास्थ्य अवस्था ठिक छ, केही समस्या देखिएको छैन ।’

रुविनाका यसअघि दुई छोरी छन् । तेस्रोपटक सुत्केरी भएकी उनले एकैपटक तीन छोरालाई जन्म दिएपछि अब पाँच सन्तान भएका छन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेकाले केही दिनभित्र डिस्चार्ज गरिने नोबेल अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार