पलाङ्क ब्यालेन्सको उपाधि मनिकलाई

कपिलवस्तु । लायन्स क्लपव अफ कपिलवस्तुले बाणगंगामा आयोजना गरेको दोश्रो साइकल पलाङ्क ब्यालेन्सको उपाधि बुटवलका ११ वर्षीय बालक मनिक श्रेष्ठले जितेका छन् ।

उनले ५२ मिटरको दुरी सबैभन्दा धेरै १ मिनेट ५६ सेकेन्डमा पार गरेर उपाधि जितेका हुन् । यसै गरी दोस्रो स्थानमा धरानका अनिस तमाङले १ मिनेट २५ सेकेन्डमा पार गरेका थिए । तेस्रो स्थानमा शुभम भट्टराई र सान्तवना अरुण अर्याल रहेको प्राप्त गरेको लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरेले जानकारी दिए ।

साहसिक खेलमा १२३ जनाले खेल खेल्न १ सय २३ जनाले दर्ता गरेका थिए । एक भारतीय सहित ७४ जना सहभागि खेलमा २४ जनाले निर्धारित दुरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताए ।

पानीमाथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दुरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा संचालन भएको थियो । नौ इन्च चौडाई रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो । खेलको उत्कृष्ट खेलाडीको उपाधि भारतका मनिषकुमार बहराइजले हात पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

मधेशको भविष्यका लागि एकता, स्पष्ट नीति र बलियो नेतृत्व आवश्यक