काठमाडौं । गीत संगीत तथा कलाको विकाशमा समर्पित संस्था पिम नेपालको अध्यक्षमा माधबराज खरेल निर्वाचित भएका छन् । चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौंमा सम्पन्न निर्वाचनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा गायक पूर्णबहादुर राई, प्रथम उपाध्यक्षमा संगीतका शंकर थापा ‘स्माइल’, द्वितीय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता कमला कुमारी जोशी, उपमहासचिवमा मोडल प्रतिक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायाँकार राजन खरेल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा राममणी ढकाल, सपना जोशी, नम्रता खरेल, समिर खान, कृष्णा आचार्य ‘रोशनी’ निर्वाचित भएका छन् ।
सो निर्वाचनको निर्वाचत अधिकृतमा अधिबक्ता हरि बहादुर कार्की, संगीत रोयल्टी संकलन समाजका महासचिव बी पाण्डे र पत्रकार जीवन पराजुली थिए ।
सो अधिवनेशनमा साहित्यकार अनु शाह, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, चलचित्र निर्माता सारदा श्रेष्ठ, पिम नेपालका संस्थापक सचिव राजन थापा गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंह लगायतका सम्मानित भए ।
पिम नेपाललाई नेपाली कला संस्कृतिमा पु-याएको योगदान’bout राष्ट्रगानका रचनाकार ब्याकुल माइला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गायक तथा संगीतकार कन्हैया सिंह परियारलगायतले चर्चा गरे ।






