आइसोलेसन बेडको सामान बोकेको मिनिट्रक दुर्घटना हुँदा चार घाइते


दैलेख । क्वारेन्टाईन र आईसोलेसन वेडको समान लिएर सुर्खेतबाट ठाटीकाँध गाउँपालिका जाँदै गरेका भे १ ख २७३० मिनिट्रक दुर्घटना हुँदा चार जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्र्तगत दुल्लु सडकखण्डको दुल्लुनगरपालिका –३ सियालामा दुर्घटना हुँदा चार जना घाईत भएका हुन् ।

घाईते हुनेमा ठाटीकाँध गाउँपालिका –१ का २३ बर्षिय सागर शाही, दुल्लूनगरपालिका –२ की २२ बर्षिया लक्ष्मी थापा,सोही वडाकी १७ बर्षिया रमिला थापा,जुम्ला जिल्ला सिंजा गाउँपालिका वडानं– ६ का १८ बर्षिय सहचालक कर्णबहादुर बुढा रहेका छन् ।

घाईतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको जिल्ला ट्राफिक कार्यलय दैलेखले जनाएको छ । ट्रक ३ सयमिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य